Modern technology gives us many things.

यौन व्यसायका लागि केटीको माग पुरा नगरेपछि विवाद

174

वीरगंज (पर्सा), १६ पुस ।

मधेश प्रदेशका पूर्व प्रतिनिधि सभा सदस्यको काठमाडौंमा रामधुलाई भएको छ । पर्सा निवासी एकजना पूर्व विद्यायक काठमाडौंमा वेस्यावृत्ति गर्न खोजेपछि रामधुलाई भएको हो । कलंकी स्थित नारायणी गेष्ट हाउसमा राति पुगेका पूर्व विद्यायकले केटीको माग गरेपछि गेष्ट हाउस संचालकले यौन व्यवसाय यहाँ नहुने भनेपछि पूर्व विद्यायकले गेष्टहाउसका संचालकमाथि हात हालेका थिए । त्यस पश्चात गेष्ट हाउसका संचालक सहित त्यसको स्टाफले पूर्व विद्यायकलाई लात्त जुत्ताले हानेका थिए ।

नारायणी गेष्ट हाउसका संचालक अजित कुशवाहाले भने ‘उनी आएर यौन क्रियाकलापको लागि केटी चाहियो भने, हामीले यहाँ यौन व्यवसाय हुँदैन, यहाँ केही पाइँदैन भनेपछि ति पूर्व विद्यायकले आफूमाथि हातपात गरेपछि त्यहाँ स्थित स्टाफहरुले पनि उनलाई कुटपिट गरेको बताए । आफूलाई मधेश प्रदेशको प्रतिष्ठित विद्यायक एवं हुनेखाने धनाड्य सम्झने पर्सा निवासी ति विद्यायक काठमाडौंमा यौन क्रियाकलापमा लाग्ने गरेको बताइएको छ । कुस दैनिक

Leave a comment