समाचार

सामान्य बढ्यो सुनको भाउ, चाँदीको भने घट्यो

काठमाडौँ, १२ कात्तिक । नेपाली बाजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेर दुई लाख ८३ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

बुधबार सुन तोलाको दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँले घटेर तीन हजार ९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । बुधबार चाँदी तोलाको तीन हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button