अन्तर्राष्ट्रियमलेसिया बिशेषराजनीतिसमाचारसमाज

प्रवासी नेपाली मञ्च पूर्वी एसिया महादेशीय कमिटीमा मलेसियाबाट सात जना निर्वाचित

क्वालालम्पुर, मलेसिया। नेकपा एमालेसम्बद्ध प्रवासी नेपाली मञ्च पूर्वी एसिया महादेशीय कमिटीको अधिवेशनबाट प्रवासी नेपाली मञ्च मलेसियाको प्रतिनिधित्व गर्दै सात जना विभिन्न पदमा निर्वाचित भएका छन्।

सन् २०२६ अक्टोबर २५ देखि २७ सम्म सम्पन्न अधिवेशनबाट मलेसियाको तर्फबाट उपाध्यक्ष पदमा कमरेड कृष्ण खड्का र सहसचिव पदमा कमरेड राधिका क्षेत्री निर्वाचित भएका छन्। त्यसैगरी सदस्य पदमा कमरेड डिल्ली न्यौपाने, कमरेड लेखबहादुर खत्री, कमरेड गोरख खवास, कमरेड हेमप्रसाद भट्ट (सन्तोष) र कमरेड मातृका खतिवडा निर्वाचित भएका हुन्।

प्रवासी नेपाली मञ्च मलेसियाको प्रतिनिधित्व गर्दै महादेशीय कमिटीका विभिन्न जिम्मेवारीमा निर्वाचित भएका सातै जनालाई संगठनले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

पूर्वी एसियामा संगठन विस्तार र प्रवासी नेपालीका मुद्दामा जोड

महादेशीय कमिटीमा मलेसियाबाट प्रतिनिधित्व सुनिश्चित हुनुलाई संगठनात्मक सहभागिता र जिम्मेवारीका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले आगामी कार्यकालमा संगठनको नीति, उद्देश्य र कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

विशेषगरी पूर्वी एसियामा रहेका नेपाली श्रमिक तथा प्रवासी नेपालीका समस्या, हकहित, सामाजिक सुरक्षा, रोजगारीसँग सम्बन्धित चुनौती र नेपाली समुदायबीच आपसी एकताका विषयमा संगठनले समन्वयात्मक भूमिका निर्वाह गर्न सक्ने अपेक्षा गरिएको छ।

प्रवासी नेपाली मञ्च मलेसियाले नवनिर्वाचित सबै प्रतिनिधिलाई प्राप्त जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै संगठनको संस्थागत विकास, प्रवासी नेपालीबीच सहकार्य र समुदायका साझा मुद्दामा सक्रिय भूमिका खेल्न शुभकामना व्यक्त गरेको छ।

अधिवेशनबाट निर्वाचित सातै जना प्रतिनिधिको कार्यकाल सफल, उपलब्धिमूलक र संगठनको उद्देश्यअनुरूप अघि बढोस् भन्ने कामनासहित उनीहरूलाई बधाई व्यक्त गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button