कलैया–१८ मोतिसरमा भव्य महाआरती समारोह सम्पन्न

बारा । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१८, मोतिसरमा नव दुर्गा पूजा समितिको आयोजनामा भव्य महाआरती समारोह सम्पन्न भएको छ।
२०८३ साल असोज ३१ गते शनिबार सप्तमीको साँझ आयोजित उक्त महाआरती समारोहमा स्थानीय श्रद्धालु भक्तजनहरूको सहभागितामा धार्मिक विधिअनुसार आरती गरिएको थियो।
धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा श्रद्धालु भक्तजनहरूले माता दुर्गाको पूजा–आराधना गर्दै सुख, शान्ति, समृद्धि तथा परिवारको कल्याणको कामना गरेका थिए।
नव दुर्गा पूजा समिति, कलैया–१८ मोतिसरको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय गाउँबासी, सेयर सदस्य तथा दाजुभाइ–दिदीबहिनीहरूको सहभागिता रहेको थियो। महाआरती कार्यक्रमलाई व्यवस्थित बनाउन श्रमजीवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कलैया–१८ मोतिसरले प्रकाश तथा सजावट सम्बन्धी सहयोग गरेको थियो।
यस्ता धार्मिक कार्यक्रमले स्थानीय समुदायबीच आपसी सद्भाव, धार्मिक आस्था, सामाजिक एकता तथा सांस्कृतिक परम्पराको संरक्षणमा योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।


