समाचार

प्रधानमन्त्रीद्वारा बडादसैँको शुभकामना: ‘दसैँ कसैका लागि पनि बोझ बन्नु हुँदैन’

काठमाडौं, ३१ असोज ।  प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँ २०८१ को अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन ।

 

बडादशैंकाे शुभकामना सन्देश जारी गर्दै उनले दसैँले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै हरेक घरमा उत्सव र उमङ्ग ल्याओस् भन्ने कामना गरेका छन् ।

 

सन्देशमा प्रधानमन्त्री शाहले दसैँ केवल चाडपर्व मात्र नभई एकता, आत्मीयता, भलाकुसारी र सानालाई माया तथा ठूलालाई आदर गर्ने मौलिक परम्पराको सङ्गम भएको उल्लेख गरे भने आर्थिक गतिविधिका हिसाबले समेत दसैँ नेपालीहरूमाझ सबैभन्दा चलायमान पर्व रहेको उनले स्मरण गरेका छन ।

 

विपद् र शोककाबीच दसैँ

विभिन्न विषम र सङ्कटपूर्ण परिस्थितिमा पनि नेपालीले सांस्कृतिक मूल्यमान्यता र मौलिकता जोगाउँदै चाडपर्व मनाउँदै आएको प्रधानमन्त्री शाहले बताए । यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका स्थानमा गएको प्रलयकारी विनाशको शोक कायमै रहेको अवस्थामा दसैँ आएको उल्लेख गर्दै उनले ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। सरकारले तदारुकताका साथ विस्थापित नागरिकहरूको पुनःस्थापनाको काम गरिरहेको उनले प्रष्ट पारेका छन ।

 

विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध

पारिवारिक मिलनको चाड दसैँ रित्तिँदै गएका गाउँघरमा निरस बन्दै गएको तीतो यथार्थप्रति आफू गम्भीर रहेको प्रधानमन्त्री शाहले बताए । हरेक दिन बाध्यताले विदेशिनुपर्ने युवाहरूको पीडा र परदेशमै रित्तो निधार बस्न बाध्य हुनुपर्ने नियति बदल्न सबैको हातेमालो आवश्यक रहेकोमा उनकाे जाेड रहेकाे छ ।

‘आर्थिक कारणले नै दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्नु हुँदैन भन्नेमा हामी सचेत छौँ,’ प्रधानमन्त्री शाहले भने, , ‘सुशासन र आर्थिक समृद्धिको बाटोमा अघि बढ्दै आमनागरिकको सुखद जीविकाका लागि वर्तमान सरकार अहोरात्र खटिइरहेको छ।’

 

सत्य र सुशासनको मार्गमा हिँड्ने प्रेरणा मिलोस्

असत्यमाथि सत्यको विजय र आसुरी प्रवृत्तिमाथि दैवी विजयको प्रतीकका रूपमा मनाइने दसैँले सबैमा सत्यको बाटोमा हिँड्ने अभिप्रेरणा मिलोस् भन्ने प्रधानमन्त्रीको शुभकामना छ। काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारमाथि विजय प्राप्त गर्दै समाजमा सुशासन र सदाचार कायम गर्न माता दुर्गाभवानीबाट सबैलाई सत्प्रेरणा मिलोस् भन्दै उनले देशवासीमा आरोग्य, सुख, शान्ति र समृद्धीकाे कामना गरेका छन ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button