समाचार

खड्काको ‘शक्तिकेन्द्र’ चकनाचुर हुँदा नयाँ शक्तिकेन्द्रमा उदाए जीवन

शेरबहादुर थापा,

सुर्खेत, ३१ असोज । कर्णाली प्रदेशको नेपाली कांग्रेसको शक्ति केन्द्रका रुपमा स्थापित भइसकेका नेपाली काँग्रोसका नेता एवम पूर्व उपसभापति पूर्णबहादुर खड्काको शक्तिकेन्द्र चकनाचुर हुँदा विगतमा उनको टिममा रहेका काँग्रेस नेता जीवनबहादुर शाहीको भने शक्तिकेन्द्रमा धमाकेदार ‘ईन्ट्री’ भएको छ ।

 

नेपाली काँग्रोसका जिल्ला सभापति, केन्द्रीय कार्यसम्पादन समितिका सदस्य हुँदै पूर्व संघीय मन्त्रीी तथा कर्णाली प्रदेशका मुख्यमन्त्री समेत बनिसकेका नेता शाही हाल कर्णाली प्रदेश सभामा संसदीय दलको नेताको भूमिकामा सक्रिय छन् । काँग्रेसको चौधौं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिएका नेता शाहीले भने यसपटक पन्ध्रैँ महाधिवेशनमा भने सहमहामन्त्रीमा विजय प्राप्त गरे ।

 

कर्णालीबाट केन्द्रीय पदाधिकारीमा पहिलोपटक कदम राख्न सफल नेता शाही पछिल्लो महाधिवेशनबाट शक्तिशाली बन्न पुगेका छन् । उनीसहित कर्णालीबाट १४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । केन्द्रीय सदस्यतर्फ दैलेखकी वासना थापा सबैभन्दा धेरै मत ल्याएर (खुला महिला) निर्वाचित भएकी छिन् ।

 

 

पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा जाजरकोटका दीपकजंग शाह, कालिकोटकी सुशीला कुमारी बम निर्वाचित भएका छन् । कर्णाली प्रदेश भूगोलतर्फबाट खुला केन्दीय सदस्यमा जाजरकोटका राजीवविक्रम शाह, मुगुका खडक बहादुर शाही, दैलेखका दीक्पालकुमार शाही, जुम्लाकी रामदेवी खडका, निर्वाचित भएका छन् । 

 

सुर्खेतकी भगवती शाही कर्णाली प्रदेश ३५ वर्ष मुनिका युवा, महिला केन्द्रीय सदस्यका निर्वाचित भइन् भने सुर्खेतकै मोहन राना कर्णाली प्रदेश ३५ वर्ष मुनिका युवामा निर्वाचित भएका छन् । दैलेखकी सिता राना आदिवासी/जनजाति महिलातर्फ, सुर्खेतका इन्जिनियर रोशन बस्नेत ७ वटै प्रदेशबाट ३५ वर्ष मुनिका युवा खुला केन्द्रीय सदस्य, दैलेखका दीपक सोनी, दलित खुलातर्फ केन्द्रीय सदस्य, कालिकोटकी छाया सुनार दलित महिला केन्द्रीय सदस्यका रुपमा निर्वाचित भएका छन् ।

सुर्खेतकी जानकी सिंह खस आर्य महिलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएकी छन् । 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button