समाचार
ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य

काठमाडौं, २७ असोज । आईसीसी क्रिकेट विश्वकप लीग २ अन्तर्गत ओमानमा जारी त्रिपक्षीय शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई २६४ रनको लक्ष्य दिएको छ।
मंगलवारको खेलमा टस जिती ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६३ रन बनायो।
नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। इनिङ्सको अन्त्यतिर करण केसीको योगदान पनि उल्लेख्य रह्यो। केसीले लगातार तीन छक्का हानेर ओमानलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेका हुन् ।
जारी शृंखला नेपालले क्यानडा र ओमानसँग २–२ खेल खेल्दै छ। आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई हराएको थियो। नेपालले तीनवटै खेल जितेमा एक दिवसीय मान्यता कायमै राख्नेछ ।



