समाचार

सिरहामा ब्राउन सुगरसहित दुईजना पक्राउ

 सिरहामा प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

सिरहा नगरपालिका–२१ पिपरा टोलमा गरिएको नियमित चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्। लकडिगोठबाट माडरतर्फ जाँदै गरेको स ८ प ६२९६ नम्बरको मोटरसाइकल रोकेर प्रहरीले जाँच गर्ने क्रममा चालक सिरहा नगरपालिका–१४ का १९ वर्षीय सतिस दासको ज्याकेटबाट १४३.७४० ग्राम खैरो पदार्थ बरामद गरेको जनाएको छ।

सोही मोटरसाइकलमा सवार करिब ३५ वर्षीय आईसोत मण्डललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट दुई थान मोबाइल फोन तथा प्रयोग गरिएको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद सामग्रीसहित जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बरामद पदार्थ ब्राउन सुगर नै हो वा होइन भन्नेबारे परीक्षण तथा अनुसन्धानपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button