समाचार

नेपालकाे इतिहासमा आजः कीर्तिपुरमाथि गोर्खाली सेनाको दोस्रो आक्रमण

नेपालको इतिहासमा असाेज ४ गते घटेका केही प्रमुख राजनीतिक, ऐतिहासिक तथा सामाजिक घटनाक्रमहरू यस प्रकार छन्, जसमाथी कीर्तिपुरमाथि गोर्खाली सेनाको दोस्रो आक्रमण गरेकाे थियाे । 

 

कीर्तिपुरमाथि गोर्खाली सेनाको दोस्रो आक्रमण (वि.सं. १८२१ असोज ४): पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानका क्रममा गोर्खाली सेनाले कीर्तिपुरमाथि दोस्रो पटक आक्रमण गरेको थियो। अत्यन्तै घमासान भएको यस युद्धमा गोर्खाली सेनापति तथा पृथ्वीनारायण शाहका भाइ शूरप्रताप शाहको एउटा आँखा फुटेको थियो भने अर्का भाइ दलजित शाह सख्त घाइते भएका थिए।   

 

नेपाल-भारत संयुक्त सैन्य अभ्यास (वि.सं. २०७८ असोज ४): नेपाल र भारतका सेनाबीच द्विस्तरीय सैन्य सम्बन्ध, विपद् व्यवस्थापन र पारस्परिक क्षमता अभिवृद्धिका लागि संयुक्त सैन्य अभ्यास ('सूर्य किरण') सुरुवात भएको थियो।  

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button