समाचार

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे प्रधानमन्त्री र न्युजिल्यान्डका समकक्षीबीच टेलिफोन वार्ता

काठमाडौं, । प्रधानमन्त्री र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ।

वार्ताका क्रममा प्रधानमन्त्रीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिए। साथै, उनले बेपत्ता नागरिकहरूको खोजी कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।

सो अवसरमा प्रधानमन्त्रीले बाढीपीडितका लागि न्युजिल्यान्ड सरकारले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहायताप्रति कृतज्ञता व्यक्त गरे।

नेपाल जलवायुजन्य विपद्का दृष्टिले उच्च जोखिममा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्युजिल्यान्डको रचनात्मक सहयोगको अपेक्षा गरे।

वार्ताका क्रममा न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनले नेपालमा आएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति न्युजिल्यान्ड सरकार र त्यहाँका जनताका तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दै ऐक्यबद्धता जनाएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button