अन्तर्राष्ट्रिय

बोस्नियालीका पुर्व कमाण्डर म्लादिचको हेगस्थित जेलमा निधन

काठमाडौं, १२ भदौ । बोस्नियाली सर्ब मिलिसियाका नेता तथा युद्ध अपराधी रात्को म्लादिचको ८४ वर्षको उमेरमा हेगस्थित जेलमा निधन भएको छ।

दोस्रो विश्वयुद्ध पछि युरोपेली भूमिमा भएको पहिलो नरसंहारको अभियोगमा दोषी ठहरिएका युद्ध अपराधी रात्को म्लादिचको ८४ वर्षको उमेरमा हेगस्थित जेलमा निधन भएको छ।

यस वर्षको सुरुमा सर्बियाले म्लादिचको स्वास्थ्य अवस्था ‘गम्भीर’ रहेको र उनलाई ‘विशेष उपचारको आवश्यकता’ रहेको भन्दै जेलबाहिर उपचार गराउन अनुमति दिन आग्रह गरेको थियो। तर, संयुक्त राष्ट्रसंघको ‘अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणका लागि अवशिष्ट संयन्त्र’ले हिरासतमा रहँदा म्लादिचले पर्याप्त स्वास्थ्य सेवा पाइरहेको जनाएको छ।

 

‘बोस्नियाको कसाई’का रूपमा चिनिने म्लादिच, युगोस्लाभियाको विघटन पछि भएका युद्धहरूका सबैभन्दा चर्चित र कुख्यात सैन्य कमाण्डरहरूमध्ये एक थिए। अन्तर्राष्ट्रिय अदालतहरूले उनलाई बोस्निया र हर्जगोभिनामा सन् १९९२ देखि १९९५ सम्म चलेको युद्धका क्रममा नरसंहार, मानवता विरुद्धको अपराध र युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गरेका थिए। र, उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो।

 

उनको आपराधिक इतिहासको सबैभन्दा कुख्यात पक्ष पूर्वी बोस्निया र हर्जगोभिनामा, सर्बियाको सीमा नजिकै रहेको स्रेब्रेनिकामा भएको नरसंहारसँग जोडिएको छ। संयुक्त राष्ट्रसंघले स्रेब्रेनिका नगरपालिकालाई ‘सुरक्षित क्षेत्र’ घोषणा गरेको भए तापनि म्लादिचको नेतृत्वमा रहेका बोस्नियाली सर्ब सेनाले जुलाई १९९५ मा यस क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएका थिए। उक्त क्षेत्र कब्जामा परे पछि त्यसपछिका दिनहरूमा म्लादिचको सेनाद्वारा ८,००० भन्दा बढी बोस्नियाक अर्थात बोस्नियाली मुस्लिम पुरुष र बालकहरूको हत्या गराएका थिए । 

केही सर्वसाधारणलाई पक्राउ गरी स्रेब्रेनिका र त्यसको आसपासका स्थानहरूमा हत्या गरिएको थियो भने अन्यलाई जंगल हुँदै ‘रिपब्लिक अफ बोस्निया एण्ड हर्जगोभिना’ को सेनाको नियन्त्रणमा रहेको क्षेत्रतर्फ भाग्ने क्रममा मारिएको थियो। पीडितहरूका शव पछि धेरै सामूहिक चिहानहरूमा फेला परेका थिए र धेरैको पहिचान युद्ध समाप्त भएको वर्षौँपछि मात्र हुन सक्यो।

 

 करिब १,००० पीडितका अवशेषहरू अझै पनि खोजी गरिँदै छ। अन्तर्राष्ट्रिय अदालतहरूले ती हत्याहरू नरसंहार नै भएको ठहर गरेका थियो र आजीवन कारावासको सजायँ काटदा काटदै उनको हेगको जेलमा मृत्यु भएको हो ।
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button