मधेसराष्ट्रियसमाचारसमाज

वीरगञ्जमा Yango Easy Ride को चालक दर्ता खुला, युवालाई रोजगारी र आम्दानीको अवसर

वीरगञ्ज। रोजगारीको खोजीमा रहेका तथा अतिरिक्त आम्दानी गर्न चाहने वीरगञ्जका युवाका लागि Yango Easy Ride Nepal ले चालक (राइडर) दर्ता खुला गरेको छ। आफ्नै मोटरसाइकल प्रयोग गर्दै आफ्नै समयअनुसार काम गरी सम्मानजनक आम्दानी गर्न सकिने व्यवस्था भएकाले यो अवसर युवामाझ लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार Yango Easy Ride मा आबद्ध चालकहरूले आफूलाई अनुकूल हुने समय छनोट गरेर सेवा दिन सक्नेछन्। पूर्णकालीन वा अंशकालीन दुवै रूपमा काम गर्न सकिने भएकाले विद्यार्थी, बेरोजगार युवा, व्यवसायी तथा अतिरिक्त आम्दानी गर्न चाहने सबैका लागि यो प्रभावकारी विकल्प बन्न सक्ने विश्वास गरिएको छ।

वीरगञ्ज तथा आसपासका क्षेत्रमा यात्रु सेवाको माग निरन्तर बढ्दै गएको अवस्थामा Yango Easy Ride ले आधुनिक प्रविधिको प्रयोगमार्फत चालक र यात्रुलाई सहज रूपमा जोड्दै आएको छ। यसले स्वरोजगारका अवसर विस्तार गर्नुका साथै युवालाई आत्मनिर्भर बन्ने नयाँ बाटो पनि प्रदान गरिरहेको कम्पनीको दाबी छ।

कम्पनीले चालकहरूलाई आफ्नो समयअनुसार काम गर्ने स्वतन्त्रता, बढी राइड प्राप्त गर्ने अवसर, आकर्षक आम्दानी, बीमा सुविधा, प्रयोग गर्न सजिलो मोबाइल एप, नियमित भुक्तानी तथा २४सै घण्टा ग्राहक सहायता सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। यी सुविधाले चालकहरूलाई सुरक्षित, सहज र भरपर्दो वातावरणमा सेवा दिँदै स्थायी आम्दानी गर्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ।

आफ्नै सवारीसाधनमार्फत सम्मानजनक आम्दानी गर्ने अवसरका रूपमा Yango Easy Ride प्रति युवाको आकर्षण बढ्दै गएको कम्पनीको भनाइ छ। कम्पनीले रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बन्न चाहने इच्छुक चालकहरूलाई Yango Easy Ride मा आबद्ध हुन आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button