Modern technology gives us many things.

कलैयामा शुभ आरम्भ राष्ट्रिय दैनिकको ५ औं वार्षिकोत्सव सम्पन्न

19

बारा, कलैया — शुभ आरम्भ राष्ट्रिय दैनिक पत्रिकाको पाँचौं वार्षिकोत्सवको अवसरमा आज कलैयामा विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय पत्रकार, समाजसेवी, व्यवसायी, राजनीतिक दलका प्रतिनिधि र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले पत्रिकाले विगत पाँच वर्षमा क्षेत्रीय र राष्ट्रिय पत्रकारितामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि निष्पक्ष, तथ्यपूर्ण र जनपक्षीय पत्रकारिताको निरन्तरता दिन आग्रह गरे।

कार्यक्रम अन्त्यमा सहभागीहरूले पत्रिकाको प्रगति, जनविश्वासको मजबुती र सामाजिक उत्तरदायित्वमा सफलताको शुभकामना व्यक्त गरे।

Leave a comment