गैर आवासीय नेपाली संघ “एनआरएनएमलेसिया बिशेषसमाचारसमाज

एनआरएनए जोहोर क्षेत्रीय समितिको ५औं अधिवेशन जुलाई ६ मा

मलेसिया – गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोरले ५औं अधिवेशन आगामी ६ जुलाई २०२५, आइतबारका दिन आयोजना गर्ने भएको छ। कार्यक्रम Tiga Suite, Puteri Harbour मा सम्पन्न हुने जानकारी दिइएको छ।

अधिवेशनलाई सफल र सहभागीमूलक बनाउन आयोजक समितिले जोहोर क्षेत्रमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक आमन्त्रण गरेको छ। 

समितिका सचिव छबिलाल गिरिका अनुसार, अधिवेशन अन्तर्गत नयाँ कार्य समितिमा आवद्ध हुनको लागि सहभागी हुन चाहने व्यक्तिहरूले अनिवार्य रूपमा पञ्जीकृत सदस्यता लिनुपर्नेछ। केवल पञ्जीकृत सदस्यहरूलाई मात्र नयाँ कार्य समितिमा आवद्ध हुने अनुमति प्रदान गरिनेछ।

कार्यक्रमले क्षेत्रीय समितिको भावी नेतृत्व चयनका साथै, स्थानीय नेपाली समुदायसँग सम्बन्धित सामाजिक र आर्थिक विषयमा छलफल गर्नेछ।

थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले प्रत्यक्ष रूपमा सचिवसँग सम्पर्क गर्न सक्नेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button