Modern technology gives us many things.

हट्यो काठमाडौंको तीनकुने क्षेत्रको कर्फ्यु।

32

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी गरेको कर्फ्यु हटेको छ ।

काठमाडौं प्रशासनले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौंको तीनकुने र त्यस आसपासको क्षेत्रमा आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो ।

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्रमा शुक्रबार ४ः२५ देखि राति १० बजेसम्मका लागि लगाइएको कर्फ्यु आदेश पुनः बढाएर शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो । स्थिति सहज भइनसकेकाले आदेश लम्ब्याइएको थियो ।

शुक्रबार हिंसात्मक आन्दोलनमा उत्रिएका राजावादीहरूले कर्फ्यु जारी भइसकेपछि पनि काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका थिए । त्यस क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ ।

Leave a comment