Modern technology gives us many things.

हेल्प मधेसी मलेसियाद्वारा स्व.शाहको परिवारलाई रु.१ लाख आर्थिक सहायता सहयोग

33

[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= हेल्प मधेसी मलेसिया संस्थाले आफ्ना एकजना केन्द्रिय सदस्यको परिवारलाई आर्थिक रकम सहयोग प्रदान गरेको छ । नेपाल ठेगाना धनुषा जिल्ला‌‌को कमला नगरपालिका – १ मंगराहा  घर भएको हेल्प मधेसी मलेसिया संस्थाका केन्द्रिय सदस्य स्वर्गीय अशोक कुमार शाहको परिवारलाई संस्थाको तर्फबाट नेपाली रु.१, लाख १० रुपैयाँ आर्थिक सहायता रकम प्रदान गरेको हो । 

स्वर्गीय शाहको गत महिना ७ फेब्रुअरीको दिन हृदयाघातको कारण मलेसियामै असामयिक निधन भएको थियो । शाहको मृत शव रोजगारदाता कम्पनी र नेपाली दूतावासको सहयोगमा मिति (२०८१ फाल्गुन ६ गते) अर्थात गत फेब्रुअरी महिना १८ तारिख मंगलबारको दिन नेपाल पठाईसकिएको र मृतकको दाह संस्कार पनि सम्पन्न भैइसकेको छ ।

शनिवार परेको १३औं पुन्यतिथिको अवसरमा मृतकको घरमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा परिवार संस्थाको तर्फबाट १ लाख  र हेल्प मधेसी अन्तर्राष्ट्रिय अध्यक्ष कमल देब शाहको तर्फबाट रु.१० हजार गरि जम्मा नेपाली रु. १ लाख १० हजार प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा  हेल्प मधेशी अन्तर्राष्ट्रिय सचिव विजय कुमार मण्डल, हेल्प मधेशी नेपालका अध्यक्ष राकेश राय, हेल्प मधेशी नेपालका सहसचिव जमिर मन्सुर,सेवकहरु राजेन्द्र यादव, जितेन्द्र यादव, राम शर्मा, प्राथमिक स्वास्थ केन्द्र धनुषाका प्रमुख अरुण कुमार मण्डल, कमला नगरपालिका उप मेयर शिला मण्डल ,उहाको आफन्त लगायत त्यहाको  स्थानीय बुद्धिजीवी, समाजसेवी युवाहरुकाे उपस्थिति रहेको थियो। 

शाहको मृत्युले हेल्प मधेसी मलेसिया परिवार अत्यन्तै दुखी र मर्माहत भएको भन्दै यो शोकको घडीमा उहाँ प्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सोकाकुल  परिवारप्रति संस्थाले गहिरो समवेदना व्यक्त गरेको छ ।

Leave a comment