सिस्नेरी पहिरोमा परेर ज्यान गुमाएका एन्फा का खेलाडीका परिवार लाई एनआरएनए मलेसियाले आर्थिक सहयोग गर्ने भएको छ ।

तिलोचन गौतम क्वालालम्पुर
गत शनिबार इन्द्रसरोवर गाउँपालिका सिस्नेरी खोलामा आएको पहिरोमा परि वत्सला माविमा सञ्चालित एकेडेमीमा अध्ययनरत ६ खेलाडीको निधन भएको थियो ।

एनसिसी मलेसियाले प्राकृतिक बिपत्तिमा परि ज्यान गुमाउने होनहार खेलाडीहरु प्रती शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै जनही एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

मृत्यु हुने हरुमा मकवानपुरका अनुप घलान, दिवस बानियाँ र साइमन योञ्जन , काठमाडौंका रियान्स आचार्य, सर्लाहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मीको निधन भएको थियो ।

एनआरएनए मलेसियाका कोषाध्यक्ष बालध्वज लिम्बू खेलाडीहरूको निधनले अत्यन्त दुखित बनाएको बताउदै केही दिनमै नेपाल आउने र स- उपस्थितिमा एन्फाका उपाध्यक्ष दावा लामासँगको समन्वयमा मृतक खेलाडीका परिवारलाई सहयोग रकम हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।

कोषाध्यक्ष लिम्बूका अनुसार अन्य बाडि प्रभावित क्षेत्रमा समेत एनआरएनए अन्तर्राष्ट्रिय संम्मन्वय समिति सङको सहकार्यतामा मलेसियाले सहयोग गर्ने तयारि गरिरहेको बताउनुभयो ।

Comments (0)
Add Comment