काठमाडौं(जस)–सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्) अन्तर्गत नेपाल प्रहरीलाई आवश्यक सामग्री हस्तान्तरण गरेका छन् । काठमाडौंको तीनकुनेस्थित सुविधानगरमा नव–निर्मित नेपाल प्रहरी वृत्त, नयाँ बानेश्वरलाई चैत १ गते विभिन्न अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको हो । उक्त कार्यक्रममा कम्प्युटर, एयर कन्डिसनर, प्रिन्टर, फ्रिज तथा क्यामेरा लगायतका सामग्रीहरू प्रहरी नायब उपरीक्षक राज कुमार सिंहलाई कम्पनीका तर्फबाट निर्देशक टीकाराम न्यौपाने र दिवस यौपानेले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।
सुरक्षा निकायको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले सामग्री सहयोग गरिएको कम्पनीले जनाएको छ । यस सहयोगले प्रहरी सेवाको प्रवाह अझ प्रभावकारी बन्ने विश्वास लिइएको छ । दुवै कम्पनीले विगतदेखि नै सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका छन् र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । सर्वोत्तम सिमेन्ट आधुनिक युरोपियन ख्च्ः प्रविधिबाट सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो उद्योग हो । दैनिक ३ हजार मेट्रिक टन क्षमताको सिमेन्ट प्लान्ट तथा क्लिंकर प्लान्ट सञ्चालनमा रहेको कम्पनीले क्ष्क्इ ९००१, क्ष्क्इ १४००१ लगायतका गुणस्तर मापदण्ड प्राप्त गरेको छ ।
नेपाल गुणस्तर का साथै भारत गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर बिक्रीवितरण गरिरहेको छ भने भारतमा समेत निर्यात गर्दै तथा लोकप्रियता कमाउँदै आएको छ । साथै, सन् २००१ मा स्थापित नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक मध्ये एक जगदम्बा सिमेन्टले उच्च गुणस्तरको कच्चा पदार्थको प्रयोगका साथै आधुनिक उपकरण र विश्वस्तरीय ख्च्ः प्रविधिबाट गुणस्तरमा निरन्तर सुधार गर्दै उच्चस्तरीय ४३ र ५३ ग्रेड को ग्तिचब इएऋ सिमेन्ट र जगदम्बा एएऋ सिमेन्ट उत्पादन र वितरण गर्दै आफ्ना ग्राहकहरूको माग र सन्तुष्टि पूरा गर्दै आइरहेको छ ।