बझाङमा तिज विशेष शंकर मल्ल र नम्रता जोशी बिच देउडा कार्यक्रम सम्पन्न

समीर मल्ल
– केदारस्युँ गाउँपालिका-४ मा अवस्थित बागथला बजार व्यवस्थापन समितिले आयोजना गरेको देउडा खेल कार्यक्रम सम्पन्न भएको छ । 

हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको अवसरपारी बजार व्यवस्थापन समितिले आयोजना गरेको एकदिने देउडा खेल कार्यक्रम भब्य रुपमा सम्पन्न भएको बजार ब्यबस्थापन समितिका अध्यक्ष हर्कबहादुर मल्लले जानकारी गराउनु भयो ।

नारीहरुको चाड र स्थानीय कला संस्कृतिको जगेर्ना तथा उजागर गर्नका लागि देउडा खेल कार्यक्रमको आयोजना गरिएको आयोजक तथा स्थानिय युवा सन्तोष मल्लले बताउनुभयो । त्यस्तै कार्यक्रमले हाम्रो कला देउडा सास्कृतिलाइ ठूलो सहयो पुग्ने उहाको भनाइ छ ।

उक्त देउडा खेल कार्यक्रममा बाजुराका चर्चित देउडा खेलाडी शंकर मल्ल(ठकुरी ) र अछामकी नम्रता जोशी बीच घम्साघम्सी देउडा भएको थियोे, भने अन्य स्थानीय देउडा खेलाडीको पनि उपस्थिति रहेको थियोे । 

बुधबार दिनभर देउडा खेल शिक्षोदय माध्यमिक विद्यालयको प्राङ्गणमा भएको थियोे । कार्यक्रममा केदारस्युँ गाउँपालिका र बित्थडचिर गाउँपालिकाका देउडा खेलाडी तथा खेल प्रेमी गरि लगभग हजारौं दर्शकको उपस्थिति रहेको थियोे ।

यसैबीच केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहरा , उपाध्यक्ष मनिषा धामी , वडा नम्बर ४ का वडाध्यक्ष कल्यान मल्ल ५ का अध्यक्ष मोहन ठगुन्ना , चिरबित्थड गाउपाली ९ का वडा अध्यक्ष हरिसचन्द्र जोशि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनराज जोशी, शिक्षा शाखा प्रमुख केशवराज भट्ट लगायतले पनि देउडा खेल खेलेका थिए । देउडा एकदमै रमाइलो भयको स्थानिय युवा उज्ज्वल बिस्ट्ले बताउनु भयो ।

कार्यक्रम एक्दमै उत्कृष्ट भयको र यस्ता कार्यक्रमको उदेश्य आपसी भाइचारा , सामाजिक एकता झल्काउने सास्कृती जोगेर्ना गर्न ठूलो सहयोग पुग्ने भन्दै यस्ता कार्यक्रम गरिरहनु आबस्यक रहेको आयोजक रमेश मल्लको भनाइ छ । 

देउडा कार्यक्रममा आमन्त्रित देउडा खेलाडीलाई नगद पुरस्कार, दोसल्ला अविरल टीका लगाएर बिदाई गरिएको यश कार्यक्रमका आयोजक किशोर मल्लले बताउनु भयो ।

Comments (0)
Add Comment