मलेसिया:=गैर-आवासीय नेपाली संघ (NRNA) मलेसिया अन्तर्गत क्षेत्रीय समिति जोहोरको आयोजनामा प्रथम NRNA जोहोर कप फुटबल प्रतियोगिता आगामी ३१ अगस्ट २०२५, आइतबारका दिन जोहोर राज्यको Puteri Wangsa Football Stadium मा हुने भएको छ।
खेलप्रेमी नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरिएको प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता खुला गरिएको आयोजकले जनाएको छ। २३ अगस्ट २०२५ सम्म टिम दर्ता गर्न सकिनेछ भने ५०% शुल्क सोही मितिसम्म बुझाउनुपर्नेछ। दर्ता शुल्क RM 701 निर्धारण गरिएको छ।
प्रतियोगिता नियमावली अनुसार:
प्रत्येक टिममा १६ खेलाडी र २ जना टिम म्यानेजर/कोच गरी १८ जना सम्म सहभागि हुन सक्नेछन्।
खेलाडीले बुट र जर्सी अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ।
सम्पूर्ण खेल रेफ्रीको निर्देशनमा सञ्चालन हुनेछ र रेफ्री स्थानीय मलेसियन नागरिक हुनेछन्।
खेल अवधिभर अनुशासन पालन अनिवार्य हुनेछ।
सामान्य चोटपटकको उपचार आयोजकले गर्नेछ भने अन्य अवस्थाको जिम्मेवारी खेलाडी स्वयंको हुनेछ।
पुरस्कार विवरण यसप्रकार छ:
प्रथम पुरस्कार: नगद RM 4000, ट्रफी, मेडल र प्रमाणपत्र
दोस्रो पुरस्कार: नगद RM 2000, ट्रफी, मेडल र प्रमाणपत्र
साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई Best Midfielder, Best Defender, Best Goalkeeper र Best Striker को उपाधि प्रदान गरिनेछ।
खेलको स्थान:Puteri Wangsa Football Stadium, Jalan Janawi 2, Ulu Tiram, Johor
खेल बिहान ८:३० बजेबाट सुरु हुनेछ र सहभागी टिमहरू ८:०० बजेभित्र मैदानमा उपस्थित भइसकेको हुनुपर्नेछ।
शुल्क बुझाउने विवरण:
Public Bank A/C No.: 6905842018
नाम: Tilak Bahadur Shrestha
थप जानकारीका लागि सम्पर्क:
Tilak Bahadur Shrestha: +60187621804
Dipak Karki: +601131684722
Chhabilal Giri: +601133746691
Prem Shrestha: +601111418672
Bindu Darlami: +601121631054
Ramesh Malla: +60167713001
कार्यक्रमको सफल व्यवस्थापनका लागि सम्पूर्ण तयारी भइरहेको जानकारी दिँदै आयोजकले नेपाली समुदायको सहभागिता र सहयोगको अपेक्षा गरेको छ।
आयोजक: गैर-आवासीय नेपाली संघ (NRNA) – क्षेत्रीय समिति, जोहोरबारु सूचक: छबिलाल गिरि, सचिव – NRNA जोहोर