एनआरएनए मलेसियाको सह-कोसाध्यक्ष पदमा सुरेश कुमार देपकोटाको उम्मेदवारी घोषणा*

कुलालम्पुर, मलेसिया — गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाको आगामी कार्यकालको निर्वाचनलाई लक्षित गर्दै *सुरेशकुमार  देपकोटा* ले सह-कोसाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

दीर्घ समयदेखि मलेसियामा रहँदै नेपाली समुदायको सेवा तथा संस्थागत विकासमा सक्रिय देपकोटाले एनआरएनएलाई अझ प्रभावकारी, समावेशी र पारदर्शी बनाउन योगदान गर्ने दृढ संकल्प व्यक्त गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै देपकोटाले भने, “प्रवासी नेपालीहरूको हकहित, सामाजिक एकता र संस्थाको समुन्नत भविष्यका लागि मैले यो उम्मेदवारी दिएको हुँ। सबैको साथ र समर्थनले म अझ उत्साहका साथ काम गर्नेछु।”

उनले एनआरएन अभियानभित्र सहकार्य, समर्पण र नेतृत्वदक्षता देखाउँदै आएका छन्। उनका अनुसार, संस्थाभित्र युवाको सक्रियता, महिलाको सहभागिता, र सम्पूर्ण समुदायबीच समन्वय कायम गर्नु उनको प्राथमिकता हुनेछ।

संघको आसन्न निर्वाचनप्रति सम्पूर्ण सदस्यहरू उत्साहित भइरहेका छन् भने सुरेश कुमार देपकोटाको उम्मेदवारीलाई एक बलियो नेतृत्वको रुपमा हेरिएको छ।

Comments (0)
Add Comment