काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणलाई पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो ।
राजावादी मोर्चाको कमाण्ड सम्हालेका दुर्गा प्रसाईंको शुक्रबार दिउँसैबाट खोजी भइरहेको छ । तर, उनी भेटिएका छैनन् । प्रहरीले सोही अभियानका अन्य नेताहरू स्वागत नेपाल, सन्तोष तामाङ र जेफर लिम्बु लगायत पाँच जनालाई पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो तीनकुनेमा प्रसाईंको कमाण्डमा भएको हिंसात्मक प्रदर्शनका कारण अवस्था तनावग्रस्त बन्न पुगेको थियो । अवस्था तनावपूर्ण बनेपछि प्रशासनले शनिबार बिहान सात बजेसम्मका लागि काठकाडौंका विभिन्न स्थानमा कर्फ्यु जारी गरेको थियो ।