जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी सापकोटाको सरुवा,पण्डित आउदै

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाको सरुवा भएको छ । उनको नेपाल प्रहरी प्रदेश कार्यालय मानवश्रोत व्यवस्थापन शाखा पोखरा कास्कीमा सरुवा भएको हो ।

अब जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी नायब उपरिक्षक बिजय राज पण्डित आउने भएका छन् । पण्डित यस अघि ईलाका प्रहरी कार्यालय बुटवल,रुपन्देहिमा कार्यरत थिए ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार प्रहरी नायब उपरीक्षकहरूको सरुवा गरेको प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले जनाएको छ। यस्तै नेपाल प्रहरीका ४८ जना प्रहरी नायब उपरीक्षकको सरुवा भएको छ।

 

Comments (0)
Add Comment