समाचार
कपिलवस्तुको चोरखोलामा बस र ट्रक ठक्कर खाँदा एक जनाको मृत्यु

काठमाडौं, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका-१ स्थित चोरखोलामा शुक्रबार बिहान बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
लु.प्र.०३-००१ ख ००९९ नम्बरको बस र ना.६ प ३३३३ नम्बरको ट्रक जुध्दा बसका चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अन्य यात्रुहरूलाई उद्धार गरी उपचारका लागि नजिकैको चन्द्रौटा लगिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



