समाचार

आजको राशिफलः वि.सं. २०८३ असोज १६ गते शुक्रवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी

 

आजको राशिफलः वि.सं. २०८३ असोज १६ गते शुक्रवार, ई.सं. २०२६ अक्टोबर २, ऋतुः वर्षा, अयनः दक्षिणायन, नेपाल संवत्ः ११४६,  आश्विन कृष्ण पक्ष, षष्ठी (दिउँसो १२ः१८ बजेपछि सप्तमी), नक्षत्रः रोहिणी (बिहान ७ः२६ बजेसम्म), त्यसपछि मृगशिरा (राति २९ः४८ बजेपछि आर्द्रा), राशिः चन्द्रमा वृष राशिमा, सूर्य कन्या राशिमा, योगः व्यतीपात (राति १०ः०२ बजेसम्म), त्यसपछि वरियान्, करणः वणिज (दिउँसो १२ः१८ बजेसम्म), त्यसपछि भद्रा (राति ११ः०७ बजेपछि वव) । आज सूर्योदय बिहान ५ः५७ बजे र सूर्यास्त साँझ ५ः४७ बजे हुनेछ । 

 

आज पितृपक्षअन्तर्गत दिवंगत पितृहरूको स्मरण, तर्पण तथा श्रद्धापूर्वक श्राद्ध गर्ने दिन हो। दिउँसो १२ः१८ बजेपछि सप्तमी तिथि प्रारम्भ हुने भएकाले आफ्नो कुलपरम्परा र विधिअनुसार पितृकार्य गर्नु उत्तम मानिन्छ। विश्व अहिंसा दिवस: शान्ति, सहअस्तित्व, सहिष्णुता र अहिंसाको महत्त्वप्रति जनचेतना फैलाउने उद्देश्यका साथ आज यो दिवस मनाइँदै छ। विश्व मुस्कान दिवस: आपसी सद्भाव, दया र सकारात्मक व्यवहारका साथै सानो सद्भावनाले पनि अरूको जीवनमा खुसी ल्याउन सकिन्छ भन्ने सन्देशका साथ यो दिवस मनाइन्छ। शुभ साइतः आज कुनै विशेष मुहूर्त वा साइत उपलब्ध छैन। पितृकार्यका लागि आफ्नो कुलपरम्परा र परिवारमा प्रचलित समयलाई प्राथमिकता दिनु शुभ हुनेछ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ः आज कार्यक्षेत्रमा प्रतिस्पर्धाका बीच आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। व्यवसायमा नयाँ सम्पर्कबाट लाभको सम्भावना छ। आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला र अनावश्यक खर्च नियन्त्रण गर्नु राम्रो हुनेछ। परिवारमा आत्मीयता बढ्नेछ र प्रियजनबाट सहयोग प्राप्त हुनेछ। पितृहरूको स्मरण गरी श्रद्धापूर्वक सेवा वा दान गर्नु शुभ हुनेछ।

(शुभ रङः रातो, शुभ अङ्कः ९)

 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :आज तपाईंको राशिमा चन्द्रमाको प्रभाव रहेकाले आत्मविश्वास अभिवृद्धि हुनेछ। कार्यक्षेत्रमा मेहनतको उचित मूल्याङ्कन हुने सम्भावना छ। व्यापार तथा व्यवसायमा नयाँ अवसर प्राप्त हुन सक्छन्। आर्थिक पक्षमा सुधार भए पनि ठूलो खर्च गर्नुअघि राम्रोसँग विचार गर्नुहोला। पारिवारिक तथा दाम्पत्य सम्बन्धमा आत्मीयता र मधुरता कायम रहनेछ।

(शुभ रङः सेतो, शुभ अङ्कः ६)

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :आज केही काममा पर्दापछाडि रहेर तयारी गर्नु लाभदायक हुनेछ। कार्यक्षेत्रमा तपाईंको मेहनतको परिणाम बिस्तारै देखिन थाल्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ भने अनावश्यक खर्चले दबाब बढाउन सक्छ। अध्ययन तथा अनुसन्धानमा एकाग्रता बढ्नेछ। पितृकार्यमा श्रद्धापूर्वक सहभागी हुनु मनका लागि शान्तिदायक हुनेछ।

(शुभ रङः हरियो, शुभ अङ्कः ५)

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :आज साथीभाइ तथा सहकर्मीबाट महत्त्वपूर्ण सहयोग प्राप्त हुनेछ। व्यवसायमा नयाँ सम्पर्कले भविष्यमा राम्रा अवसर ल्याउन सक्छ। आर्थिक पक्षमा सामान्य लाभ प्राप्त हुनेछ। परिवारमा पूर्वअसमझदारी हटेर आत्मीयता बढ्नेछ। ज्येष्ठ तथा अनुभवी व्यक्तिको सुझावलाई सम्मान गर्नु शुभ हुनेछ।

(शुभ रङः सेतो, शुभ अङ्कः २)

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : आज कार्यक्षेत्रमा जिम्मेवारी र प्रभाव बढ्नेछ। मेहनतबाट प्रतिष्ठा तथा आर्थिक लाभ प्राप्त गर्ने अवसर मिल्न सक्छ। व्यापारमा नयाँ योजना अघि बढाउन सकिनेछ, तर जोखिमपूर्ण निर्णय लिनबाट बच्नुहोला। परिवारका सदस्यहरूबाट पूर्ण सहयोग प्राप्त हुनेछ। सूर्यदेवको स्मरण गरी सकारात्मक सोचका साथ काम गर्नु शुभ हुनेछ।

(शुभ रङः सुनौलो, शुभ अङ्कः १)

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : आज व्यवस्थित रूपमा काम गर्दा सफलता प्राप्त हुनेछ। कार्यालय तथा व्यवसायमा जिम्मेवारी बढे पनि त्यसलाई कुशलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। आर्थिक हिसाबकिताब मिलाउन र पुराना काम सम्पन्न गर्न अनुकूल समय छ। विद्यार्थीहरूका लागि अध्ययनमा एकाग्रता बढ्नेछ। परिवारका ज्येष्ठ सदस्यको सम्मान र सेवा गर्नु शुभ हुनेछ।

(शुभ रङः नीलो, शुभ अङ्कः ५)

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : आज नयाँ व्यक्तिहरूसँगको भेटघाट र सम्पर्कले भविष्यमा लाभको बाटो खोल्न सक्छ। कार्यक्षेत्रमा सहकार्यबाट राम्रो परिणाम प्राप्त हुनेछ। आर्थिक पक्षमा सुधार आउनेछ, तर आम्दानीअनुसार खर्चको व्यवस्थापन गर्नुहोला। प्रेम तथा दाम्पत्य सम्बन्धमा मधुरता कायम रहनेछ। मुस्कानसहितको सकारात्मक व्यवहारले आज धेरै काम सहज बनाउनेछ।

(शुभ रङः गुलाबी, शुभ अङ्कः ६)

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : आज धैर्य र संयमका साथ अघि बढ्नुपर्ने दिन छ। कार्यक्षेत्रमा रोकिएका काम बिस्तारै अघि बढ्नेछन्। आर्थिक कारोबारमा गोपनीयता र सावधानी अपनाउनुहोला। परिवारका ज्येष्ठ सदस्यको सुझाव उपयोगी बन्न सक्छ। पितृहरूको स्मरण गरी श्रद्धापूर्वक दान तथा सेवा गर्नु शुभ हुनेछ।

(शुभ रङः गाढा रातो, शुभ अङ्कः ९)

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :आज नयाँ अवसर प्राप्त हुने सम्भावना छ। व्यापार तथा व्यवसायमा विस्तारको योजना बनाउन सकिनेछ। अध्ययन तथा ज्ञानवृद्धिका काममा सफलता मिल्नेछ। टाढा रहेका आफन्त वा शुभचिन्तकहरूसँग सम्पर्क हुन सक्छ। गुरुजन तथा ज्येष्ठ व्यक्तिको आशीर्वाद लिनु र धार्मिक कार्यमा समय दिनु शुभ हुनेछ।

(शुभ रङः पहेँलो, शुभ अङ्कः ३)

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :आज कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ, जसबाट भविष्यमा राम्रो लाभ प्राप्त हुन सक्छ। व्यापारमा मेहनतअनुसारको परिणाम मिल्नेछ। आर्थिक पक्षमा पुरानो कारोबारबाट लाभ मिल्ने सम्भावना छ। पारिवारिक विषयमा महत्त्वपूर्ण छलफल हुन सक्छ। धैर्य, अनुशासन र समयको सही व्यवस्थापन गर्नु आजको सफलताको साँचो हुनेछ।

(शुभ रङः नीलो, शुभ अङ्कः ८)

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): आज सिर्जनात्मक सोचले काममा नयाँ गति ल्याउनेछ। व्यवसायमा नयाँ ग्राहक तथा सम्पर्कहरू जोडिन सक्छन्। आर्थिक लाभका अवसर प्राप्त भए पनि अनावश्यक खर्चबाट बच्नुहोला। साथीभाइ तथा परिवारबाट राम्रो सहयोग प्राप्त हुनेछ। सामाजिक तथा सेवामूलक कार्यमा सहभागी हुनु शुभ हुनेछ।

(शुभ रङः आकाशे नीलो, शुभ अङ्कः ४)

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : आज योजनाबद्ध रूपमा अघि बढ्दा रोकिएका काम पूरा गर्न सकिनेछ। कार्यक्षेत्रमा मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा सुधार आउनेछ र आम्दानीका नयाँ बाटा खोज्ने अवसर मिल्नेछ। परिवारमा आत्मीयता बढ्नेछ र प्रियजनको सहयोग प्राप्त हुनेछ। भगवान् विष्णुको स्मरण गरी पितृहरूको श्रद्धापूर्वक सम्झना गर्नु शुभ हुनेछ।

(शुभ रङः पहेँलो, शुभ अङ्कः ७)

 

डा. खेमराज मिश्र, पीएचडी (उहाँ फलित ज्योतिषविद् तथा ज्योतिष अनुसन्धानकर्ता, नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिवकाे जिम्मेवारीमा पनि हुनुहुन्छ, सम्पर्कः ९७६७-६७८३८३ बुद्दनगर, काठमाडाैं )

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button