समाचार

राष्ट्रपतिले गरे शुक्रबार रातिबाट संसदको चालू अधिवेशन अन्त्य

काठमाडौं, १५ असोज । संघीय संसदको चालू अधिवेशन शुक्रबार रातिबाट अन्त्य हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार शुक्रबार राति १२ बजेदेखि चालू अधिवेशन अन्त्यको सिफारिस गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०८३/६/१३ को सिफारिसमा संवत् २०८३ असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ,’ विज्ञप्तिमा छ ।

सरकारले बिहीबार मात्रै संसदमा संघीय निजामती ऐनसम्बन्धी विधेयक दर्ता गरेको छ । एकातिर विधेयक संसदमा दर्ता गर्ने अनि अर्कोतिर संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णयले अध्यादेशमार्फत सरकारलाई निजामती विधेयक ल्याउने बाटो पनि खुला भएको विश्लेषण हुन थालेको छ ।

https://fileswarehouse.com/newskarkhana/videos/1790837229366_829374663_4396666910477246_6706962288533514106_n.jpg.jpg?X-Amz-Content-Sha256=UNSIGNED-PAYLOAD&X-Amz-Algorithm=AWS4-HMAC-SHA256&X-Amz-Credential=UK1831257KPP38AKWJ01%2F20261001%2Fus-west-1%2Fs3%2Faws4_request&X-Amz-Date=20261001T074328Z&X-Amz-SignedHeaders=host&X-Amz-Expires=556292&X-Amz-Signature=d88bb8363533a349aa285afa82d242eafea7654f3727296aed69da18b1035db0

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button