समाचार

युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने भारतीय नागरिक पक्राउ

काठमाडौं, १३ असोज । प्रहरीले युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । 

पक्राउन पर्नेमा भारत, किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल झापाको बिर्तामोड नगरपालिका–५, इलाम स्टेनस्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलीप चन्द्र राय छन् ।

मादक पदार्थ सेवन गरी पेट्रोलसमेत बोकेर रायले सोमबार राति  १०:३० बजे इलामको रोङ गाउँपालिका–३ घर भई बिर्तामोड नगरपालिका–५ मा डेराकोठा गरी बस्दै आएकी २२ वर्षीया रविना मगरको कोठामा प्रवेश गरी तन्ना च्याती उनको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेका थिए ।

सो घटनाबारे खबर प्राप्त हुनासाथ घटनास्थल पुगेर प्रहरी टोलील रायलाई नियन्त्रणमा लिएको थियो ।

घटनामा घाइते रविना मगरको हाल मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button