समाचार

‎तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सांसद पराजुलीको माग

काठमाडौँ, १२ असाेज ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भरत पराजुलीले तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। 

आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पराजुलीले चीन जोड्ने रसुवागढी र कोरला नाका अवरुद्ध हुँदा व्यापारीहरूका हजारौँ कन्टेनरहरू अलपत्र परेको र चीनतर्फको कनेक्टिभिटी पूर्ण रूपमा ठप्प भएको बताए। 

"अहिलेको अवस्थामा तत्कालै सहज रूपमा सञ्चालन गर्न सकिने नाका तातोपानी नाका मात्र हो," पराजुलीले भने, "चाडपर्व नजिकिँदै गर्दा बजारमा उपभोग्य वस्तुको अभाव हुन नदिन नेपाल सरकारले कूटनीतिक पहल गरी तातोपानी नाका सकेसम्म छिटो सञ्चालनमा ल्याउनुपर्छ।" 

‎उनले सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदै तातोपानी नाका सञ्चालनका लागि आवश्यक कूटनीतिक कदम चाल्न आग्रह गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button