समाचार

मनाङको हिम्लुङ हिमालमा हिमपहिरो जाँदा एक दर्जन मानिस सम्पर्कविहीनको आशंका

काठमाडौं, ११ असोज । मनाङको हिम्लुङ हिमालमा हिमपहिरो जाँदा एक दर्जन मानिस बेपत्ता भएको आशंका छ । आइतबार बिहान नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको प्रहरीले जनाएको छ।

हिमाल आरोहणमा गएका २२ जना (९ पर्वतारोही र १३ जना सहयोगी स्टाफ) मध्ये करिब एक दर्जन सम्पर्कविहीन रहेका सशस्त्र प्रहरीका सहप्रबक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

थापाका अनुसार उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर मनाङ गएको छ। हिमपहिरोबाट के कति क्षती भयो भन्ने एकिन जानकारी प्राप्त हुन भइसकेको छैन। हिमपहिरो खसेको दृश्यले धेरै ठूलो मानवीय क्षतिको अनुमान गरिएको छ ।
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button