समाचार

नारायणी नदीमा पानीको सतह ११.४१ मिटर पुग्यो, बाढी बस्तीमा पस्यो

काठमाडौं, ११ असोज । नारायणी नदीमा जलसतहले खतरा तह पार गरेको छ ।

नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार अहिले नदीमा पानीको सतह ११.४१ मिटर काटेको छ । नदीमा पानीको सतह ७.३ मिटरलाई सतर्कता र ९ मिटरलाई खतराको तह मानिन्छ ।

नारायणीमा आएको बाढी नदी किनार भरतपुर महानगरपालिका–१ मा रहेको बस्तीमा पसेको छ। बाढी पस्दा स्थानीय प्रत्यक्ष रुपमा प्रभावित बनेका छन्। 
घरभित्र बाढी पस्दा सरसामानमा क्षति पुग्नुको साथै उनीहरुले सुरक्षित ठाउँमा सामान सार्दैछन् यसआसपासका विधालय पनि  डुबानमा परेका छन्।

शनिबारदेखिको वर्षाले कालीगण्डकीको बहाव मनसुन अवधिकै उच्च बनेको छ । बागलुङमा पहिरोले चारजनाको मृत्यु, पाल्पामा एकजनाको मृत्यु, तीन बेपत्ता भएका छन् ।

पर्वतमा कालीगण्डकीले घर बगाउनुका साथै स्याङ्‌जामा पुल बगेको छ । यस्तै, सेतीवेणी बजार डुबानमा, मनाङको ताल गाउँमा बाढी पसेको छ । वर्षाले लमजुङमा बैंसीसहर–चामे सडक पूर्ण अवरुद्ध बनेको छ । 

स्याङ्‌जामा सिद्धार्थ राजमार्ग बन्द, कर्णालीका प्रमुख राजमार्ग प्रभावित, बागलुङमा दर्जनौं सडक अवरुद्ध, नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग प्रभावित भएको छ । नवलपुरका बस्ती डुबानमा परेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button