चालु आर्थिक वर्षको भदौमा मात्रै ३८ लाख राजश्व संकलन

सुर्खेत, ११ असोज।
कर्णाली प्रदेश ट्राफिक कार्यालयले चालु आर्थिक वर्ष २०८३/०८४ को भदौ मसान्तसम्म मात्रै ३८ लाख ६६ हजार राजश्व संकलन गरेको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार भदौ मसान्तसम्म ४०४३ ओटा कारबाही गरि सो राजश्व संकलन गरिएको हो ।
यस्तै, यहि अवधीमा ३६६ ओटा मापसे कारवाही गरि दुई लाख ७ हजार राजश्व संकलन गरिएको हो ।
आर्थिक वर्ष २०८२/०८३ मा २९ हजार ७७५ ओटा कारवाही वापत दुईकरोड ७२ लाख १६ हजार राजश्व संकलन गरेको कार्यालयले उक्त आर्थिक वर्षमा २५९३ ओटा मापसे कारवाही वापत १५ लाख ९ हजार पाँच सय राजश्व संकलन गरेको थियो ।
आर्थिक वर्ष २०८१/०८२ मा ३८ हजार ८८५ ओटा कारवाही वापत ३ करोड ४१ लाख ९८ हजार ५ सय राजश्व संकलन गरेको कार्यालयले २५९३ ओटा मापसे कारबाही गरि १३ लाख ५८ हजार ५०० रुपैयाँ संकलन गरेको प्रहरी सहायक निरीक्षक हेमराज अधिकारीले जानकारी दिए ।
चालु आर्थिक वर्षको भदौ मसान्तसम्म २७ जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ भने १४८ जना गम्भीर घाईते भए । २१३ जना सामान्य घाईते बनेका थिए । भदौ मसान्तसम्म २११ ओटा घटना घटेका थिए ।
गत आर्थिक वर्ष २०८२/८३ मा ११९७ ओटा सवारी दुर्घटना हुँदा१३५ जनाको मृत्यू भयो भने १०३५ गम्भीर घाईते बन्दा १२७० जना सामान्य घाइते भए ।
आर्थिक वर्ष २०८१/०८२ मा ९६८ ओटा सवारी दुर्घटना हुँदा १३९ जनाको मृत्यु भयो, ७०२ जना गम्भीर घाईते बन्दा १२७० जना सामान्य घाईते बनेको अधिकारीले जानकारी दिए ।



