समाचार

काभ्रेमा पहिरो र लेदोले दुई राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काभ्रे, ११ असोज । लगातार चार दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो र लेदोले गर्दा काभ्रेमा बिपी र अरनिको राजमार्गसहित विभिन्न सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार राजमार्गसहित नमोबुद्ध जाने सडक र पनौतीस्थित पाटिखर्कबाट बेथानचोक जाने सडक अवरुद्ध भएको हो । 

रोशी गाउँपालिका–७ घुमाउने स्थित बिपी राजमार्गमा खोलिएको एकतर्फी ट्र्याकमा खोलाको पानीको बहाव बढ्दा सडक कटिङ भइरहेको कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै, चौकीडाँडालगायत विभिन्न स्थानमा बिपी राजमार्गको डाइभर्सन बगाएको कारण पूर्णरुपमा अवरुद्ध भएको प्रहरीको भनाइ छ । 

काभ्रेभञ्ज्याङबाट नमोबुद्ध जाने भित्री सडकखण्ड करिब २५ मिटर भासिएपछि उक्त सडकसमेत अवरुद्ध भएको, पनौती नगरपालिका–१० पाटीखर्कदेखि बेथानचोक गाउँपालिका–४ खहरेखोलासम्मको भित्री सडकखण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button