
बारा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रोयल रौनियार ग्रुपका तर्फबाट रु. ११,११,१११.११ सहयोग गरिएको छ।
रोयल रौनियार ग्रुपअन्तर्गतको शिवशक्ती एग्रो एण्ड फुड्स इन्डस्ट्रीज प्रा.लि. का सञ्चालक तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका नेता उमाशंकर साह रौनियार सहित समाजसेवी बिश्वनाथ साह रौनियार, रामनिवास रौनियार, शेषनाथ रौनियार, सन्तोष रौनियार र अशोक रौनियारले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका हुन्।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाइएको छ।
उक्त सहयोग रकम अक्षरेपी रु. एघार लाख एघार हजार एक सय एघार रुपैयाँ एघार पैसा (रु. ११,११,१११.११) रहेको छ।
विपद्को समयमा निजी क्षेत्र, सामाजिक संस्था तथा व्यक्तिहरूले आफ्नो क्षमता अनुसार सहयोग गर्दै पीडितको राहत र उद्धार कार्यमा योगदान पुर्याउनुपर्नेमा सहयोगकर्ताहरूले जोड दिएका छन्।




