समाचार
मह जोडीले दिए बाढी पीडितलाई २ लाख

काठमाडौं, ११ भदौं । मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले रसुवा बाढी पीडितलाई २ लाख सहयोग गरेका छन् ।
हिजो गएको कल्पनिय बाढीमा परी व्यापक धनजनको क्षति भए पछि मह जोडीले प्रधानमन्त्री राहात कोषमा २ लाख सहयोग गरेका हुन् ।
`बाढीको बितन्डताले देश रोई रहेको बेला पक्ष बिपक्ष नभनी देश बिदेशमा रहेका नेपालीहरुलाई प्रधानमन्त्री राहत कोशमा आफ्नो गक्ष अनुसार सहयोग गर्न हार्दिक अनुरोध गर्दै हामी (मह ) बाट एक एक लाख गरी २००००० (दुई लाख रुपैया ) प्रधानमन्त्री राहत कोशमा सहयोग गर्दछौ,´ मह जोडीले भनेका छन्।



