राष्ट्रपति भएयता ट्रम्पको तौल १० केजी बढयो, पुग्यो १०७.९ केजी

वासिंगटन डिसी, ९ भदौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य, दैनिक जीवनशैली र शारीरिक तन्दुरुस्तीका विषयमा विश्वव्यापी सञ्चारमाध्यममा पुनः बहस चर्किएको छ।
हालैका समाचार र ह्वाइट हाउसको स्वास्थ्यसम्बन्धी जानकारी अनुसार सन् २०२३ यता ट्रम्पको तौलमा उल्लेख्य वृद्धि भएको पाइएको छ। ६ फिट ३ इन्च अग्ला ट्रम्पको तौल अहिले चिकित्सा विज्ञानले ‘मोटोपन’ भनेर वर्गीकरण गरेको सीमाको नजिक पुगेको छ।
यो विषय केवल व्यक्तिगत स्वास्थ्यसँग मात्र सम्बन्धित छैन्, यो त अमेरिकी राष्ट्रपतिको जस्तो उच्च माग र विश्वव्यापी महत्त्व बोकेको पदमा आसिन व्यक्तिको शारीरिक सहनशक्ति र ऊर्जालक्षमतासँग प्रत्यक्ष रूपमा जोडिएको छ।
६ फिट ३ इन्च उचाइ र १०७.९ केजीभन्दा बढी तौल भएका उनको ‘बडी मास इन्डेक्स’ करिब २९.७ पुग्छ, जबकी अत्याधिक मोटो मानिनेमा ३० इन्डेक्स कटनु पर्छ । ट्रम्पका चिकित्सकहरूले उनलाई आफ्नो जीवनशैलीमा सुधार गर्न, फास्ट फुडको सेवन घटाउन र नियमित शारीरिक व्यायाम गर्न कडा सुझाव दिएका छन्। यद्यपि, ह्वाइट हाउसको प्रेस कार्यालयको आधिकारिक धारणा भने राष्ट्रपति उत्कृष्ट स्वास्थ्य अवस्थामा छन र उनले आफ्नो दैनिक कार्यतालिका सहज रूपमा सञ्चालन गरिरहेका छन भन्ने रहेको छ।
डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा उनको स्वास्थ्यसम्बन्धी चर्चा केवल तौलमा मात्र सीमित छैनस ।सार्वजनिक कार्यक्रमहरूमा उनको शारीरिक हाउभाउको पनि निरन्तर निगरानी गरिने गरिन्छ ।
विभिन्न सञ्चारमाध्यमहरूले उनका हातमा देखिएका हल्का नीलो रङका दागहरू र खुट्टामा देखिएको सामान्य सुजन अर्थात एडिमालाई उजागर गरेका छन्। यसका साथै लामो समयसम्म चल्ने र्याली वा बैठकहरूमा उनी कहिलेकाहीँ थकित देखिने वा निदाउन खोज्ने गरेको पनि पाइएको छ, राजनीतिक प्रतिद्वन्द्वीहरूले यस्ता दृश्यहरूलाई प्रायः उनको बढ्दो उमेरसँग जोडेर हेर्ने गर्छन्।
ट्रम्प आफैंले पनि प्रायः आफ्नो तौलका बारेमा ठट्टाको शैलीमा कुरा गर्ने गरेका छन्। हालै, अमेरिकाका नवनिर्वाचित उपराष्ट्रपति जेडी भान्सकी पत्नी उषा भान्ससँगको पोडकास्टमा ट्रम्पले अमेरिकाका २७औँ राष्ट्रपति विलियम हावर्ड टाफ्टको प्रसंग निकाल्दै ठट्टा गरे, ‘उहाँ हाम्रा सबैभन्दा बढी तौल भएका राष्ट्रपति हुनुहुन्थ्यो, मैले अलिकति सचेत हुनुपर्छ किनभने म उहाँको त्यो कीर्तिमान तोड्न चाहन्नँ।’
अमेरिकी राष्ट्रपतिहरूको इतिहास हेर्दा विलियम हावर्ड टाफ्ट (सन् १९०९–१९१३) अमेरिकी इतिहासकै सबैभन्दा बढी तौल भएका राष्ट्रपति थिए भन्ने कुरा थाहा पाइन्छ । उनको तौल ३३० पाउन्ड अर्थात करिब १५० किलोग्राम भन्दा बढी थियो। टाफ्टको विशाल शारीरिक बनावटबारे धेरै चर्चित किस्साहरू प्रचलित छन्, जसमध्ये सबैभन्दा चर्चित किस्सा यो हो कि ह्वाइट हाउसमा उनी आरामसँग बस्न मिल्ने गरी विशेष रूपमा ठूलो र फराकिलो बाथटब जडान गर्नुपरेको थियो।



