राजनीतिसमाचार

‘कुलिङ अफ पिरियड’ प्रकरण : राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दिए राजीनामा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन्। प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सभापति खतिवडाले समितिको जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

संघीय निजामती सेवा विधेयकमा छेडखानी भएपछि सभापति खतिवडामाथि नैतिक दबाब दिइँदै आएको छ। कांग्रेसकै सांसद जीवन परियार संयोजक रहेको छानबिन समितिले पनि सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको थियो। कांग्रेसका शीर्ष नेतृत्वले पनि सभापति खतिवडालाई राजीनामा गर्न आग्रह गरेको बताइएको छ। पार्टीले नै आग्रह गरिसकेपछि खतिवडा राजीनामा दिने मनस्थितिमा पुगेको कांग्रेस नेताहरूले बताएका छन्।

उक्त विधेयकको कुलिङ पिरियडसम्बन्धी प्रावधानमा छेडखानी भएको थियो। अमा दुई वर्षे प्रावधान राख्ने समितिमा सहमति भए पनि संसदमा पेस भएको विधेयकमा उक्त प्रावधान उल्लेख नभएपछि विवाद उत्पन्न भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button