अर्जुन काफ्ले
पथरी मोरङ :=कमला श्रेष्ठ ५ महिना अघिको महिला फुटवल लिगमा कर्णालीवाट मैदानमा उत्रिदा सम्म प्रतिष्पर्धी संग लडिरहेकी हुन्थिन । अहिले कमलाको दिनचार्य फेरीएको छ उनी मैदानमा विपक्षी टोली संग नभइ क्यान्सर रोग संग लडिरहेकी छन् । मोरङ्ग सुनवर्सी १ की कमला अहिले उपचारका लागी भारत जाने तरखरमा छिन् ।
१ महिना अघि धरान स्थीत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिस्टको शंका लागेर उपचार गर्न गएकी कमलालाई त्यहिको परिक्षण वाट पाठेघरको क्यान्सर प्रमाणीत भएको हो । आर्थिक अवस्था कमजोर भएकी उनको उपचारका लागी अहिले फुटवल खेलाडी देखी शुभेच्छुक सम्मले आर्थिक सहयोग त गरेका छन् तर त्यो प्रयाप्त नभएको उनका वुवा ले वताए । उनले भने ‘धेरै स्थान उपाचारका लागी चाहरिसकीयो तर बल्ल रोग पत्ता लागेको छ उपचारका लागी खर्च छैन खै कसरी जुटाउने समस्या भएको छ’।
नेपाली राष्ट्रिय जर्सीमा मैदान उत्रिने सपना बोकेकी कमला अहिले उपचारका लागी भारत जाने तयारीमा छन् । मोरङ्ग पथरीशनिश्चरे महिला फुटबल क्लब वाट फुुुटबल खेल्न सुरु गरेकी उनले पछिल्लो समय स्थानिय केचना महिला फुटबल टोलीको नेतृत्व गरिरहेकी थिइन । जिल्ला स्तरीय लिग देखी राष्ट्रिय महिला लिग सम्ममा आफ्नो खेल कौशल प्रर्दशन गरिसकेकी उनलाई उनकै वुवाको प्रेरणाले फुटबल तर्फ आर्कषण वडेको हो । उनका बुवा समेत फुटबल खेलाडी भएकाले उनलाई फुटबलको रस भिझनु सामान्य रहेको थियो ।
पथरीशनिश्चरेको वु«य महिला लिग सम्ममा आफ्नो खेल कौशल प्रर्दशन गरिसकेकी उनलाई उनकै वुवाको प्रेरणाले फुटबल तर्फ आर्कषण वडेको हो । उनका बुवा समेत फुटबल खेलाडी भएकाले उनलाई फुटबलको रस भिझनु सामान्य रहेको थियो ।
पथरीशनिश्चरे स्थीत वुद्ध मावीको खेल मैदान वाट फुटवल खेल्न सिकेकी उनले पछिल्लो वर्ष भारतका मैदानमा समेत उत्रिएकी थिइन । मेन डिफेन्सका रुपमा मैदानमा उत्रिने कमला अहिले भने क्यान्सरको उपचार गर्ने र फेरी मैदानमा उत्रिएर खेल प्रेमीको लागी उत्साह भर्ने सपना देख्न थालेकी छन् ।
उनको उपचारका लागी आर्थिक अभाव छ उपचार गर्न आवस्यक सहयोग गर्न स्थानिय संन्चारकर्मी राम कुमार परियारले आग्रह गरेका छन् ।