श्री ने रा प्राथमिक बिधालय मलाहीमा स्थानीयहरुद्वारा तालाबन्दी 

बारा__बारा जिल्लाकाे पुर्वी भेगमा रहेको बारागढी गाउँपालिकामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालय मलाहीमा स्थानीयहरुले आक्राेशित भई  तालाबन्दी गरेकाे छ। बारागढी गाउँपालिका वडा नम्बर २ स्थित मलाहीमा रहेको उक्त बिधालयमा आईतवारका दिन अभिभावकहरु, स्थानीय र केहि राजनीतिकर्मिले बिधालयकाे मुख्य प्रवेश द्वारमा तालाबन्दी गरिएको छ। उक्त बिधालयमा पठनपाठनमा कमीकमजोरीका साथै बिधालय व्यवस्थापन समिति गठनमा बिधालयका प्रधानाध्यापक डम्बर बहादुर सिंहले गैर कानुनी  तरिकाले बिधालय व्यवस्थापन समिति गठन गरेकाे आराेप  लगाएका हुन। बिधालयमा पत्रकारहरुकाे समुह पुग्दा  शिक्षिकाहरुले धमाधम हाजिर बनाउन व्यस्त भएको थियो।   बिधालका कर्मचारीहरुकाे हाजिरी रजिस्ट्रर हेर्दा एक शिक्षिकाले आईतवारका दिन आफ्नो हाजिरी बनाई  छुट्टि भईसके सम्मकाे हाजिरी बनाईएकाे तथ्य बाहिरिएकाे छ।  बिधालयका प्रधानाध्यापक सिंहले पढाउने तर्फ ध्यानकर्षण कम दिने र बिधालयमा  राजनीतिकरण गर्ने तर्फ अग्रसर रहेको वडा सदस्य मनाेज सहनी मलाहले आराेप लगाए।
प्रधानाध्यापकले  २५ गते स्कुलमा आफु नआई साेहि बिधालयमा  कार्यरत करार शिक्षिका आफ्नो पत्नीलाई २ दिनकाे  जिम्मेवारी दिएर आफू स्कुल आउन समेत छाडेका हुन।  गाउँपालिकाका शिक्षा शाखाले स्थानीयहरुलाई जानकारी गराए अनुसार बिधालय व्यवस्थापन समितिका लागि नियम आठ कक्षा अनिवार्य पास र कुनै किसिमकाे अभियाेग न लागेकाे उम्मेदवार लाई राख्नु पर्ने नियम हुदाहुदै यसरी किन भए  स्थानीयहरुले प्रश्न उठाउन थालेका हुन।हालैमा चयन भएको उक्त महिलाकाे नाम कालाे लिष्टमा रहेकी वडा सदस्य मलाहले दावी गरे। यता प्रधानाध्यापक सिंह संग साेध्दा यसमा गाउपालिकाकाे शिक्षा समिति लगाएत अन्य प्रतिनिधि बसेर बाेर्ड बाट निर्णय भएका अनुसार  तीन पटकमा व्यवस्थापन समिति अभिभावकहरु चयन गरेन भने चाैथाे पटक गाउँपालिकामा गएर चयन गर्न सकिने उम्मेदवारहरु बाट २०७५ काे शिक्षा ऐन अनुसार संशोधन दफा ५काे परिच्छेद २६ बमोजिम गरिएको बताउनु भयो । उक्त तालाबन्दी कार्यक्रममा    गाउँका भद्रभलादमी , वडा सदस्य मनाेज सहनी , रामपुकार सहनी ,  युवाहरु , विभिन्न पार्टीका राजनीति दलहरुकाे सहभागीता रहेका थियो ।
Comments (0)
Add Comment