जसपा नेपालले कार्तिक २६ र २७ गते केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई राैतहटमा राखेर वृहत् आम सभा गर्ने

प्रेमचन्द्र झा

कार्तिक १८ रौतहट ___ राैतहट जिल्लाका जनतासंग जनता समाजवादी पार्टी नेपालले  आधारभुत संगठन निर्माण अन्तरगत यही कार्तिक २६ र २७ जिल्लामा वृहत् आम सभा तथा पार्टी प्रवेश कार्यक्रम गर्ने निर्णय गरेका छन । जिल्ला स्थित पार्टीका नगर जिल्ला प्रदेश र केन्द्र स्तरिय नेताहरुको आईतवार गरुडा स्थित एनपि स्टार हाेटल गरुडामा भएको बैठकले सो निर्णय गरेको हो ।

जिल्ला अध्यक्ष श्याम बिहारी यादवले दिएको जानकारी अनुसार गढिमाई नगरपालिकाको वडा नम्बर ८ विरनगरामा २६ गते उमेदवार घाेषणा ,पार्टी प्रवेश तथा वृहत् जन सभा र २७ गते गुजरा नगरपालिकाकाे परसवा बजारमा पार्टी प्रवेश तथा वृहत् आम सभा गरिने निर्णय भएको हाे । दुबै सभालाई सम्बाेधन गर्न केन्द्रीय अध्यक्ष उपेन्द्र यादव कार्तिक २६ गते राैतहट आउने भएको छ ।

गरुडामा बसेको सो बैठकले दुबै कार्यक्रम सफल बनाउन एघार सदसिय जनपरिचालन समिति र नाै सदस्यीय कार्यक्रम व्यवस्थापन समिति समेत गठन गरेका छन । जनपरिचालन समितिको संयोजकमा अनिल कुमार यादव, सदस्यहरुमा रामईश्वर राय यादव,तपेन्द्र यादव,प्रेमशंकर राय यादव,विजय पटेल ,वशिष्ठ यादव,शम्भु यादव,असर्फि यादव,रमेश महताे र तपेन्द्र यदव रहेका छन ।

कार्यक्रम व्यवस्थापन समितिकाे संयोजकमा हरिकिशोर साह ,सदस्यहरुमा योगेन्द्र यादव,हुलासी सहनी,लालबाबु सहनी ,बन्हु सहनी,सर्बजित राम ,सुनिल यादव,मिश्रीलाल यादव र रामुराय यादव रहेका छन । सो बैठकमा जनता समाजवादी पाट्रीका केन्द्रीय सदस्य अवदुल कलाम अजाद भन्ने फुलबाबु,याेगेन्द्र यादव, चुल्हाइ राय यादव,राम अश्रे चाैधरी,विश्वनाथ पटेलको विशेष उपस्थिति रहेको थियो । जिल्ला अध्यक्ष श्याम बिहारी यादवको अध्यक्षतामा भएको बैठकमा १८ पालिकाका पार्टी अध्यक्षकाे उपस्थित रहेकाे थियाे ।

Comments (0)
Add Comment