बारा एसपी खडकाको आदेशलाइ धज्जी उडाउदै प्रहरी नायब निरीक्षक तुरहाले दिए तस्करीको लाइन

जिल्ला प्रहरी कार्यालय बाराका एसपी अर्थात प्रहरी उपरीक्षक महेन्द्र खडकाले तस्करीको लाइन पूर्ण रूपमा ठप्प पार्ने अभियान नै चलाएको बेला प्रहरी नायब निरीक्षक रबिन्द्र साह तुरहा बलिरामपुर नाकाबाट दर्जनौ तस्करलाई तस्करी गर्न ग्रीन सिग्नल नै दिएको प्रमाण फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक खडकाको आदेशलाइ धज्जी उडाउदै प्रहरी चौकी मुसहर्वाका प्रमुख प्रहरी नायब निरीक्षक रबिन्द्र साह तुरहाले तस्करी खुलेयाम लाइन दिएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खडका प्रहरी संगठन मै एक असल र इमान्दार प्रहरीको रूपमा चिनिए पनि उहाकै मातहातमा रहेका केही कर्मचारीहरूले नाम बदनाम गर्दै तस्करीको पैसा बटुल्नमा ब्यस्त रहेको पाइन्छन । प्रहरी नायब निरीक्षक तुरहा प्रहरी संगठन मै बदनाम प्रहरीको रूपमा चिनिन्छन । पर्सा जिल्लाको प्रहरी चौकी नगवामा कार्यरत रहदा स्थानीय वडा अध्यक्ष सङ्गै झगडा गरेको आरोप समेत लागेको स्थानीयहरू बताउछन ।
प्रहरी नायब निरीक्षक तुरहा पर्सा जिल्लाबाट बारा जिल्ला पुग्दा केही कर्मचारीलाई लोभमा पार्दै प्रहरी चौकी मुसहर्वाको जिम्मा पाउन सफल भए । प्रहरी चौकी मुसहर्वामा पुगेको केही हप्तामै मुसहर्वा नाकाबाट ८ जना ठुला तस्करलाइ लाइन दिएको व्यापक चर्चाको बिषय बनेको थियो । तर जिल्ला प्रहरी प्रमुखको निगरानी र बोर्डर आउट पोस्ट बरैनियाको निगरानीका कारण तस्करी काम केही दिनमै ठप्प भएको, उनकै कर्मचारी बताउछन ।
प्रहरी चौकी मुसहर्वाका प्रमुख प्रहरी नायब निरीक्षक रबिन्द्र साह तुरहाले सशस्त्र प्रहरी र जिल्ला प्रहरीको टोलि माथि निगरानी बढाउन घुमुवा नै परिचालन गरेको चर्चाको बिषय बनेको छ । बलिरामपुर नाकाबाट हुने तस्करीको मालसमान आफै स्कटिङ्ग गर्ने गरेको र बाहिरको टोलिलाइ निगरानी गर्न प्रहरी जवान रूपेश पटेललाई घुमुवा सरह खटाइएको श्रोतको दाबी छ ।
बलिरामपुर नाकाबाट कपडा, प्याजको तस्करी हुँदै आएपनी हाल लहसुनको तस्करीमा समेत तिब्रता दिइएको बताइन्छ । रातिको समयमा प्रहरी चौकी मुसहर्वाका अधिकान्स कर्मचारी बाहिर हुने गरेको र तस्करहरूले आफ्नो अबैध काम निर्वाध रूपले चलाउदै आएको स्थानीयहरू बताउछन ।
यता यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खडकाले मुसहर्वा नाकाको बिषयमा धेरै गुनासाहरू आउन थालेको स्विकार गरे । खुल्ला सीमा नाकाको फाइदा तस्करहरूले सहजै उठाउन सक्ने भएकोले जिल्लाबाट समेत प्रहरी परिचालन गरिएको बताए । प्रहरी चौकी मुसहर्वाका प्रहरी नायब निरीक्षक तुरहा तस्करहरू सङ्ग साटघाट गरेको भए कानूनी कारवाही गरिने समेत बताए । यस बिषयमा आफुले बुझिरहेको प्रहरी उपरीक्षक खडकाले बताए । साभार: शुभ आरम्भ दैनिक
Comments (0)
Add Comment