गढिमाई मन्दिर नजिक निर्माण भएको बहुउद्देश्यीय धर्मशालाको उदघाटन सँगै हस्तान्तरण

बाराको महागढिमाई नगरपालिका वडा नम्बर १ स्थित रहेको गढिमाई मन्दिरको दक्षिण तर्फ रहेकोे नवनिर्मित श्री गढिमाई बहुउदेश्यीय धर्मशालाको शनिबार उदघाटन सँगै हस्तान्तरण गरीएको छ।

मधेस प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री सरोज कुमार यादवले एक कार्यक्रम बिच रिवन काटी उक्त धर्मशालाको उदघाटन गरेका छन्। भने उक्त धर्मशालाको निर्माण सम्पन्न गराएका भौतिक पुर्वाधार कार्यालय कलैया बाराले नगरप्रमुख उपेन्द्र प्रसाद यादव ( उपन ) लाई हस्तान्तरण गरेको छ।

आर्थिक बर्ष २०७५/७६ को माघ १३ गते मधेश प्रदेश भौतिक मन्त्रालयले उक्त धर्मशालाको लागि अनुमानित बजेट आठ करोड ६२ लाख ६२ हजार ९ सय ६७ रुपैयाँ स्विकृत गरेको थियो। भने १२ प्रतिशत घटी गरी सात करोड ५९ लाख ८४ हजार तिन सय ८८ रुपैयामा निर्माण कार्यको ठेक्काको सम्झौता २०७६ साल जेष्ठ १३ गते सोमबारका दिन भएको थियो। भ्याली बाबुरत्न जेभि ललितपुरलाई ०७८/०७९ मा ठेक्का तत्कालीन शहरी बिकस कार्यालय पर्साले सम्झौता गरी निर्माण कार्य गर्न कार्यआदेश दिएको थियो।

धर्मशालाको पहिलो तल्लामा २ वटा हल र १० वटा रुम रहेकोछ । बहुवर्षीय योजना अन्तर्गत २०७६ जेष्ठ १३ गते भ्याली बाबु रत्न जेभि ललितपुर सँग सम्झौता गरी मिति २०८० साल कार्तिक २ गतेमा कार्य सम्पन्न भइ पुर्वाधार बिकाश कार्यालय कलैया बारा हस्तान्तरण गरेको थियो। भने शनिबार पुर्वाधार बिकास कार्यालय कलैया बाराको निमित्त कार्यालय प्रमुख राजेन्द्र साहले महागढिमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र प्रसद यादवलाई नवनिर्मित धर्मशालाको भवन हस्तान्तरण गरेका छन् ।

उदघाटन कार्यक्रमको प्रमुख अतिथी मन्त्री यादवले विश्व प्रसिद्ध पन्चबर्षिय गढिमाईको मेलामा आफ्नोे मन्त्रालयको तर्फबाट र मधेस प्रदेश सरकारको विशेष पहल रहने प्रतिबद्धता गरेका छन्।

त्यस्तै मन्त्री यादव शनिबार बिहान मितिसर स्थित मदन भण्डारी फाउन्डेसनको २५ औ स्थापना दिवस तथा रजत जयन्ती समारोहमा प्रमुख अतिथि रहेका छन्। साथै मन्त्री यादवलाई कलैया उपमहानगरपालिकाको नगरप्रमुख बिनोद साहले नगरपालिकाको सभाहलमा एक कार्यक्रम विच भब्य स्वागत गरी कलैया स्थित निर्माणाधीन टाउन हल , प्रादेशिक अस्पताल लगायत स्थलहरु अनुगमन गराएका थिए।

Comments (0)
Add Comment