क्वालालम्पुर (मलेसिया):= नेपाली हिन्दु धर्मावलम्बी नारीहरुको महान चाड हरितालिका तीजको रौनक देशदेखि विदेशसम्म छाएको छ । हरितालिका तीजको अवसरमा विभिन्न कार्यक्रम समेत आयोजना हुने गरेको छ।
तिजकै अवसरमा गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी मलेसियाले यहाँ रहेका नारी हरुप्रति सम्मान व्यक्त गर्दै शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रम यहीँ सेप्टेम्बर ८ तारिख आईतवारको दिन
जालान अम्पाङ्, कुवलालम्पुर ( नेपाली राजदुतावास भवनको छेउमा ) रहेको भवनभित्र दिनको ३:४० बजे देखि ८ बजेसम्म आयोजना गर्न लागिएको र कार्यक्रममा उपस्थितिको लागि प्रमुख अतिथिमा नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाका कार्यवाहक राजदूत मुदिता बज्राचार्यलाई निमन्त्रणा दिइसकेको एनआरएनए मलेसियाका महासचिव टीकाराम अधिकारीले बताए ।
तिज कार्यक्रममा रौनक बढाउन यहाँ रहेका स्थानीय नेपाली कलाकारले कला प्रस्तुत गर्नुको साथै कार्यक्रममा जलपान (खीर, सेल रोटी, फलफुल र नेपाली खाना) को व्यबस्था पनि गरिएको महासचिव अधिकारीले बताए ।
महासचिव अधिकारीका अनुसार तिज कार्यक्रम हुने लोकेसन को लागि नेपाली दुतावास मा नै आए हुनेछ्, कार्यक्रम हाल सम्म जानलाई सहजताको लागि उक्त दिन दुतावासको प्रांगणमा मा एनआरएनए मलेसियाका स्वेमसेवक साथीहरु पनि तैनाथ रहनुहुने जानकारी दिए ।
त्यस्तै थप केहि जानकारी चाहिएको खण्डमा एनआरएनए मलेसियाकि महिला संयोजक इन्दु बस्नेतलाई ०११ ६०९२ ४१३७ नम्बरमा सम्पर्क गर्न सकिनेछ् ।