भुइँ मान्छे कुनै दिन बुझ्ने भएको थिएन त्यो बेला धेरै अज्ञानी थिए बुबा आमाको नजरमा होस् या साथी संङ्गीको नजरमा अपरिपक्व पात्रको रुपमा परिवार र समाजमा बिस्तारै आफ्नो राज गर्दै थिए बुबाले सामान्य खेती कृषि गर्दै घर हरु बनाउने पेशा गरेर घरको सबै खर्च जेनतेन चलाउनु हुन्थ्यो तर मलाई भने कुनै कुरा को चिन्ता अनि चासो पनि थिएन किनकि आमा को फाटेको चोलीको खल्ती र बुबाको पुरानो कोटको खल्ती छामछुम गर्दा जसोतसो पकेट खर्च जुटि हाल्थ्यो त्यसो भएर आरामदायी जिबन चिन्ता रहित चासो रहित जिबन यापन गर्दै थिए तर एकाएक क्यान्सर का कारण सहि समय मा सहि उपचार नपाएर बुबाले सदाका लागी छोडेर जानू भयो मेरो घरमा एकाएक ठुलो चट्याङ परे जस्तै मेरो सानो परिवारका सबै खुसी हरु हराए मुहारमा हासो हरायो अँखाको नानी हरुमा निद्रा हरायो कान पनि कम सुने जस्तै भान हुन थाल्यो सम्झाइ बुझाइ गर्ने समाजको घरमा ठुलो हुल देखेर लाग्थ्यो म घरको जेठो छोरा भएको कारण घरको जम्मै कुरा जब मेरो टाउको मा आयो जेनतेन गर्नु पर्ने कामकारबाही सबै गाउँ समाजको सहयोगमा सम्पन्न गरे त्यसो गर्दै गर्दा मेरो टाउकोमा पनि लाखौं रिन आयो प्राइभेट सेक्टर मा झन्डै आधा दर्जन जसो अफिस मा काम गरे तर सामान्य खर्च टरे पनि रिन सकिने कुरै थिएन अझ झन उक्त रिनको ब्याजले थिचिरहेको थियो रातीमा निद नलाग्ने लागे पनि पानी बिनाको माछा जस्तै असहज प्रस्थिती मेरो शरीर ले सामाना गर्नु पर्ने अवस्था आयो निदाएको बेला देश छोडेको सपना देख्न र बिदेश गएर मनका अनगिन्ती चाहाना र सपना पूरा गर्छु भन्ने कुरा हृदयमा लेख्न थाली सकेको थिए ।
केही समय अगाडि बुढा बाजेले कहानी जस्तै गरेर भनेको सुनेको थिए सुतेर अनेकौं सपना देखे पनि त्यो पूरा गर्न उठ्न पर्छ अनेकौं संघर्ष गर्नु पर्छ यस्तै कुराले मलाई लाग्यो बिदेश जान्छु सक्दो सकेको पसिना बगाउछु केही पैसा कमाएर सधैं छामछुम गर्ने आमाको त्यो च्यात्तिएको चोली फेर्छु धेरै बर्ष पहिला नै बाले बनाएको चुइने घरको छानो हरियो कलरको टिनले टालटुल गर्छु साहुको रिन चुक्ता गर्छु भाइबहिनी को पढाइ खर्च जोडजाड गर्छु यी यस्ता अनगिन्ती सपना बोकेर प्रक्रियाको लागि गाउँ बाट झन्डै दुई दिनको गाडिको बाटो हुँदै काठमाडौं झरे र पहिलो चोटि काठमाडौं आएको र देखेको मलाई अचम्म लाग्यो गाउँ भन्दा शहर केहि खास लाग्यो गाडीहरू मा यात्रा गर्दा सबैको नम्र बोली चाली मिठो भाषा शैली आनन्द लाग्यो कुनै एक होटल मा त्यो दिन मेरो बास भयो । गाउँ घरमा त्यो मेनपावर असल भन्ने गरिएको एउटा मेनपावर मा गए त्यहाँ दर्जनौं मानिसको लाइन देखे मनमनै सोचे मेरो जस्तै मेरो मात्र समस्या हैन रहेछ यहाँ त धेरैको समस्या रहेछ समस्या फरक होला तर केही न केही समस्या त पक्कै छ होला किनकि म जस्तै गरि आफ्नो जन्म भुमि छोडेर बिदेश जान मेरै अगाडि पछाडी यति धेरै मान्छेको लामो लाइन लागिरहेको छ । केही समय पछि मेरो पालो आयो र सोधपुछ गरे सोधपुछ गर्दै गर्दा अन्तिममा मलेसिया जाने कुराको टुंगोमा पुगे अनि पासपोर्ट को लागि फम भर्न गएको त्यहाँ पनि झन हजारौं हजार मान्छेको भिड देखे मनमनै सोचे आज मात्रै होला कि दिनानुदिन यस्तै होला त्यो प्रश्नले मलाई चुप बस्न दिएन म जस्तै गरि लाइन लागेकै साथीहरू लाई सोधेँ र त्यो साथीले भन्यो आज तिन दिन भयो आउदै लाइन लाग्दै जाँदै गरेको सधैं यस्तै देख्छु कहिल्यै घटेको देखेन हो नै रैछ दुई दिन मैले पनि पासपोर्टको लागि धाए अनि प्राप्त पनि गरे र समय सगै मेरो मनमा उब्जिएको त्यो प्रश्न को उत्तर पनि प्राप्त गरे ।
केही दिन पछि नेपाल सरकारले बनाएको नीति अनुरुप सबै प्रक्रिया पूरा गरि कालो बादल माथी निलो आकाशमा हवाई यात्रा सुरु गरे जिन्दगीमा पहिलो चोटिको मेरो हवाइ यात्रा चार घण्टा केही मिनेटको थियो त्यो चार घण्टा केही मिनेटमा मलेसिया को राजधानी क्वालालम्पुर आइ पुगे र केही समय एरपोट भित्रको कष्टकर समय बिताए पछि लगत्तै रोजगार दाता अथवा सम्बन्धित कम्पनीको एजेन्ड ले रिसिभ गरेर केही समय भित्रै संबंधित कम्पनी अथवा कर्म थलोमा पुगियो सबै तिर मलाया भाषा बोलेको आवाज सुन्न थाले र मपनी बिस्तारै बच्चाले जसरी मलेशिया भाषामै तोते बोली बोल्न कोसिस गरे त्यो रात सुतेर के उठेको थिए सबै जना फेरि लाइन लागेर काममा हानिए सँगसँगै म पनि काममा हानिए अत्याधुनिक तातो अनि रातो अनौठा मेसिनरी सामान सँग खेल्न सुरु गरे र खेल्दै गर्दा भएको अनुभुती सिर्जना मार्फत आमा लाई यसरी व्यक्त गरे –
डरलाग्दो आगोको राप भित्र बास हुन्छ आमा
तातो घाम मुसलधारे पानी खास हुन्छ आमा
शरीर तातिएर पसिना तरक्क तरक्क चुहिदा चलिरहेको सास पनि जिउँदो लास हुन्छ आमा
हतार हतार उमेर बढाएर प्रदेशमा जब भासिन्छ
तिम्रो सन्तान हरेक काम गर्न पास हुन्छ आमा
बर्ष दिनमा एकचोटि घुम्दै आउने दसैं र तिहार
त्यो दिनमा पनि कामै कामको रास हुन्छ आमा
यो शहर हो हेर्दा सबै इमानदार देखिए पनि
यहाँ कोही न कोहि असाध्यै बदमास हुन्छ आमा
घण्टौ घण्टा बिताउदै दिन अनि महिना हुँदै वर्ष बिताउन तेति सहज त थिएन तर काधमा थुप्रिएको जिम्मेवारीले दिनानुदिन थिच्दै थियो जसोतसो दिन हरु बिताइ रहेको थिए घरबाट आउदा लागेको झन्डै चार लाख रिन घटाउन के सुरु गरेको थिए आफ्नै खुट्टामा उभिने अन्तिम दिन मेरो नजिक आएको पत्तो पाएन एका बिहानै सदा झैँ त्यो दिनको खानपिन तयार गरेर काममा लागे सधैं मनमा खेल्ने एउटै कुरा साउको रिन कहिले चुक्ता गरेर बाबा आमाको नाममा दुइचार हजार हालेर बाबा आमा लाई साउको रिन पनि सकियो त्यसैले यो महिना अब हजुर हरु को नाममा पैसा हालेको छु भन्ने दिन भेट्न नपाउदै अगाडि आफ्नै खुट्टामा उभिने त्यो अन्तिम दिन भेटाय काम गर्दागर्दै अचानक मेसिन मा खुट्टा पस्न गइ सधैंको लागि एउटा खुट्टा गुमाएर आफ्नै खुट्टामा उभिने अन्तिम दिन अथवा यो नै जीवन को सबै भन्दा कालो दिन को रुपमा साबित भयो शरीर सबै रगतमा लतपतियो जिन्दगीमा हजारौं ठक्कर खादा पनि होशमै रहेर जीवन चलाइ रहेको म जिन्दगीमा पहिलो चोटि केही घण्टा सम्म होस नै गुमाउन पुगेछु सगै काम गर्ने साथि हरुको सहयोग र समन्वयमा केही समय भित्रै मलाई हस्पिटल लिने बाताबरण जुरेछ तर त्यो अवस्था नबनेको भए धेरै रक्तस्राव कै कारण संसार छोड्न पर्ने अवस्था आउने कुरामा दुई मत थिएन ।
म लगत्तै हस्पिटल पुगे पछि भाषाको कारण हस्पिटलमा भुक्नु परेको असहजता को बारेमा अहिले म कुनै कल्पना गर्न सक्छु न बर्णन गर्ने कुरा त धेरै टाढाको हुनै नै भयो र केही समय प्रश्चात अहिले सबैले फोन गरेर भेटेर भन्ने एउटै कुरा दुर्घटना हो भयो तर तिमी भाग्यमानी रैछौ किनकी खुट्टा गुमाए पनि ज्यान जोगाउन सफल भएका छौ घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका हरिबहादुर बुढा मगरले कृत्रिम खुट्टाको सहयोगमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो आरोही बन्दै विश्व कीर्तिमान आफ्नो नाममा कायम गरेका थिए त्यस्तै नेपाली मूलका ब्रिटिश नागरिक जोर्डन क्षेत्री जो १३ बर्ष को उमेर हुँदा देखी नै क्यान्सर जस्तो भयानक रोग सग लड्दै ३० बर्ष को उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न सफल भएका थिए त्यसैले तिमी आत्तिनु पर्ने कारण छैन धेरै ठूलो संकट को सामाना गरेर अगाडि आएका छौ । यसो भन्दै गर्दा मलाइ पनि लाग्थ्यो मेरो अहिले यो आनन्द चलिरहेको सास त्यो समयमा रोकिएको भए के हुन्थ्यो होला अहिले भाइबहिनी र बुबाममी ले रुदै भिडियो कल गरेर दिनमा दस चोटि फोन गर्ने हालखबर सोध्ने भाइबहिनी र बुबाममी को अवस्था के हुन्थ्यो होला मैले यावत कुरा हरु सम्झदै बस्ने गरेको छु दिनभर साथीहरू आआफ्नो डिउटी मा जादा आफै उठेर पानी खान नसकेको र पानी खान कै लागी दस घण्टा बार घण्टा कुर्नु पर्दाको पिडा यहाँ म कसरी व्यक्त गरौं चलिरहन पर्ने मेरो हातको कलम रोकिएर अँखा बाट आशु धारा चल्न थाल्छ मेरो यो वास्तविक कहानी चल्न पर्ने दिमागमा उता साउको रिन अनि यता साउको मेलापात चल्न थाल्छ र बेला बेला भकानीदै रुने गरेको छु जिबनमा केही नयाँ गर्ने फरक गर्ने जो मेरो मनमा हुटहुटी थियो आशा थियो त्यो आशा को दियो बिस्तारै कम्जोर भएको महसुस भएको छ मनलाई शान्त राख्न हलचल गरिरहन पर्ने सबै बाटा हरु सदाका लागि बन्द भएका छन ।
रोजगार दाता कम्पनीको सद्भाव र धेरै नेपाली दाजुभाइ दिदिबहिनी हरुको माया अनि यो प्रवास अर्काको देशमा सुन्दर फुल जस्तै फकृदै गरेका धेरै सामाजिक संघ संस्था धेरै सामाजिक ब्याक्तित्व हरु ले मेरो दुखमा गरेको सहयोग समन्वयले मेरो बाच्ने बलियो आधार निर्माण गरेको छ अर्काको देशमा हस्पिटल को लामो बसाई पछि अहिले सामान्य दिनचर्यामा फर्किएको छु र एक अध्यारो रात पछि जसरी सुन्दर बिहानी को सुरुवात भए जस्तै गरि अब मेरो जिन्दगीमा पनि नयाँ जिबनको सुरुवात भएको छ सरकारले घुसपैठ गर्न भ्रष्टाचार गर्न गरेको विकास का योजना तर्जुमा गरे जस्तो नभएर सुन्दर भविस्य बनाउन हिलो र काडै काडामा जन्म लिए पनि संसारको मन आफू तिर खिच्न सफल भएको एक सुन्दर गुलाफ को फुल जस्तै जिबन बनाउन हिजोको जस्तो नभएर बिल्कुल नयाँ अनि फरक किसिम को योजना तर्जुमा गर्ने छु र जीवनकाल को अन्तिम बिन्दु सम्म सक्दो सत्कर्म गरेर म मेरो जीवन लाई भब्य सफल बनाउने छु त्यसको सुरुवात आजै बाट आफैबाट सुरु गर्ने मैले मेरो जीवन सग एक किसिमको प्रतिबद्धता गरि सकेको छु अब आफ्नै खुट्टामा अन्तिम पटक उभिएको मेरो लागी आएको त्यो कालो दिन लाई सेतो चमकदार बनाछु । यो कसैको जीवनकाल सग मेल खान गएमा माफ गर्नु होला त्यो संयोग मात्रै रहनेछ ।
……✍️अर्जुन अनुराग भुइँ मान्छे