रुपन्देही ३ मा उम्मेदवार छान्न रास्वपाको प्राइमरी इलेक्सन सुरु, भोली साँझसम्म चल्ने

रुपन्देही । कात्तिक १७ गते रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न पार्टी भित्र प्रारम्भिक निर्वाचन(प्राइमरी इलेक्सन) सुरु भएको छ ।
वीहिबार बिहान ७ बजेबाट सुरु भएको निर्वाचन शुक्रवार साँझ ७ बजेसम्म चल्ने छ । रास्वपाको मोबाइल एपबाट अनलाइन भोटिङ (प्राइमरी इलेक्सन) सुरु भएका हो ।
उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि पार्टीको प्रारम्भिक निर्वाचनमा बुटवल सेमलारका सुलभ खरेल, भैरहवाका पार्थिवेन्द्र उपाध्याय, डा.लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र बुटवलकै मधुप्रसाद अर्यालले उम्मेदवारकारुपमा छन् ।
प्राइमरी इलेक्सनमा सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यको मतदानको ८० अंक, क्षेत्रभित्रका मतदाता रहेका पार्टीका तहगत समिति सदस्यको मतदानको १० अंक र केन्द्रीय समिति सदस्यको मतदानको १० अंकभार रहने छ । पार्टी सदस्यको मतदानमा साउन २६ सम्म पार्टी सदस्यता लिएकाहरु सहभागी हुन पाउने छन् ।
उम्मेदवार छनोट विधिमा प्राइमरी इलेक्सनको नतिजाको ५० अंक जोडिने छ । त्यस्तै समावेशिताको ५ अंक, पोलिटिकल प्रोक्सिमिटीको २० अंक र लिडरसिप एकेडेमीको नतिजाको २५ अंकका आधारमा उम्मेदवारको अन्तिम टुंगो भदौ १५ गते लाग्ने छ ।

Comments (0)
Add Comment