उर्मिलालाई ५७औं एसियाली शारीरिक सुगठनमा काँस्य पदक।

काठमाडौं := नेपालकी उर्मिला श्रेष्ठले थाइल्याण्डको बैंककमा जारी ५७औँ एसियाली शारीरिक सुगठन च्याम्पियनसिप अन्तर्गत एथलेटिक्स फिजिक्सको ३५ वर्षमाथि उमेर समूहमा कांस्य पदक जित्नुभएको छ ।

आठ खेलाडी सहभागी उक्त स्पर्धामा थाइल्यान्डकी सिरिन्थिप इन्सीले स्वर्ण तथा लाओसकी सोमानिन फानोसिथले रजत जित्नुभयो। उर्मिला एथलेटिक्स फिजिक्सकै ओपन क्याटेगोरीमा भने चौथो भएको नेपाली टोलीका अफिसियल दिनेश राजभण्डारीले जानकारी दिनुभयो ।

Comments (0)
Add Comment