काठमाडौँ । मधेसी नेता देवेन्द्र यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।
राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा २०६४ मा आबद्ध भएका यादव सो पार्टीमा महासचिवसम्म भएका थिए । पछि राजपा नेपाल बनेपछि उनी सो पार्टीमा पनि महासचिव भएका थिए ।
तर २०७४ को चुनावमा राजपा नेपालले यादवलाई टिकट नदिएपछि उनी स्वतन्त्र चुनाव लडेर पराजित भएका थिए । चुनावमा पराजित भएपछि उनी मधेस राजनीतिमा निष्क्रिय थिए ।
राजनीतिमा निष्क्रिय भएको बेला एकपटक उनी एमालेमा प्रवेश गरेका थिए । तर हाल आएर उनी कांग्रेसमा प्रवेश गरेका हुन् । आफू र आफ्नो परिवार पुरानो कांग्रेसी भएको भन्दै उनले अहिले आफू आफ्नो घर फर्केको उनले बताए ।