क्वालालम्पुर (मलेसिया):= गैर-आवासीय नेपाली संघ “एनआरएनए” क्षेत्रीय समिति जोहोरद्वारा सदाझै यस् वर्ष पनि हिन्दु नारीहरुको महान चाड “तीज विशेष” कार्यक्रम आयोजना हुने तय भएको छ ।
एनआरएनए क्षेत्रीय समिति जोहोरका सचीव छबिलाल गिरिका अनुसार मलेसियामा विभिन्न क्षेत्रमा कार्यरत नेपाली नारी हरुको आपसी भेटघाट, आत्मियता र सामाजिक सद्भाव बढाउन लाई यो कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।
गैर-आवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोरले गत वर्ष जस्तै यो वर्ष पनि पनि कार्यक्रम भव्य बनाउन जोहोरमा रहनु भएका सम्पुर्ण नेपाली नारी हरुलाई कार्यक्रममा उपस्थिति हुन आयोजक समितिले निमन्त्रणा समेत गरिसकेको बताए ।
कार्यक्रममा सहभागी हुन कुनै किसिमको अनावश्यक शुल्क लाग्ने छैन। नारी हरुको विशेष दिन तीजलाई थप विशेष बनाउन दर खाने कार्यक्रम देखि विविध सांस्कृतिक कार्यक्रम समेत रहने छ ।
कार्यक्रम हुने स्थान र समय :
स्थान nusajaya impuana iskandar puteri johor समय बिहीबार ११ am बजेदेखि ०४ pm बजेसम्म मिति २४ अगस्ट आइतबार २०२५ कार्यक्रम सम्बन्धि थप आवश्यक जानकारीको लागि सचीव छबिलाल गिरिलाई सम्पर्क नम्बर +60 11-3374 6691 मा फोन गर्न सकिनेछ ।