सेलाङ्गर,क्वालालम्पुरमा अवस्थित रेष्टुरेन्टमा छापामारीमा नेपालीसहित २८८ जना विदेशी पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको स्थानीय प्रहरीले रातिको समयमा ‘Op Mega Pusat Hiburan’ अन्तर्गत सेलाङ्गोर र क्वालालम्पुरमा अवस्थित २२ वटा मनोरञ्जन स्थल र विदेशीद्वारा संचालित रेष्टुरेन्ट , पब र कराओकेमा धरपकड छापामारी गरि अवैध विदेशीहरूलाई पक्राउ गरेको छ ।

पछिल्लो समय मलेसियामा विदेशीद्वारा अवैध रुपमा संचालित पसल , रेष्टुरेन्ट र मनोरञ्जन स्थलहरुमा यहाँका प्रशासनले एकदमै धेरै कडाँइ गरिरहेको छ। बुकीत अमान आपराधिक अनुसन्धान विभाग (CID)का निर्देशक दातुक एम. कुमारका अनुसार सबै सुरक्षा निकायको सहयोग गरिएको छापामारीमा सेलाङ्गोरमा १६ र क्वालालम्पुरमा ६ स्थलमा छापा मारिएको थियो, छापामारीमा अनुमति बिना ब्यापार ब्यावसाय सञ्चालन र अवैध विदेशी श्रमिकहरु काममा लगाइएको पाइएको बताए ।

छापामा १८ देखि ५१ वर्ष उमेरका २८८ जना विदेशी नागरिकहरु पक्राउ परेका छ्न । जसमा म्यानमार, नेपाल र बंगलादेशका नागरिकहरु रहेको छ। उनीहरूलाई दण्ड संहिता धारा १८६ , मनोरञ्जन ऐन ,  Act 1976 , Customs Act 1976 र Immigration Act 1959/63 अन्तर्गत अनुसन्धान भइरहेको कुमारले बताए ।

अपरेशनमा छापामारीको क्रममा नगद, मनोरञ्जनका विभिन्न उपकरण, विभिन्न ब्रान्डका अवैध मदिरा र सञ्चालन सम्बन्धी अवैध कागजातहरू समेत बरामद गरिएको छ । पक्राउ परेकालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भैइरहेको जनाएको छ ।  Bernama

Comments (0)
Add Comment