मलेसियामा रास्वपा जोहर राज्य समिति गठन, सभापतिमा भागनाथ दहाल।

जोहर, मलेसिया — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग, मलेसिया अन्तर्गत जोहर राज्य समिति औपचारिक रूपमा गठन भएको छ।
जोहरमा कार्यरत तथा बसोबास गर्दै आएका रास्वपाका समर्थकहरूको भेलाले समितिको गठन सर्वसम्मत रूपमा गरेको हो। 

कार्यक्रमका प्रमुख अतिथि मलेसिया सभापति नेत्र केसी रहेका थिए भने केन्द्रीय समितिका प्रतिनिधि किरण थापा, मिलन साहि ठकुरी, बासुदेव भट्ट र खेमराज खत्रीको विशेष उपस्थिति थियो।

नवगठित समितिले प्रवासी नेपालीको हकअधिकार र सुरक्षाको सवालमा सक्रिय भूमिका निर्वाह गर्ने, नेपालका राजनीतिक तथा सामाजिक परिवर्तनमा प्रवासबाट सकारात्मक योगदान पुर्‍याउने र संगठनलाई सुदृढ बनाउने लक्ष्य लिएको छ। साथै, मलेसियाका अन्य राज्यहरूमा पनि संगठन विस्तार गर्ने योजना बनाएको जनाएको छ।

नवगठित जोहर राज्य समितिको पदाधिकारी सूची

सभापति: भागनाथ दाहाल

उप–सभापति: हरि बहादुर थापा

सचिव: रोसन खंडका

कोषाध्यक्ष: तिलक बहादुर बौकटी

सह–कोषाध्यक्ष: लझ्मन साउद

सह–सचिव: धनी राम कामी

सदस्यहरू: मदन धामी, सागर काफ्ले, गणेश भण्डारी, शन्ती प्रसाद दहाल, हर्क लिम्बू, सुर्या धामी, लिला वली, सुजन बि.क., पुस्तक पाण्डे

Comments (0)
Add Comment