NRNA NCC थाइल्याण्डको १२औँ राष्ट्रिय महाधिवेशन सम्पन्न — सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित

ब्याङ्कक,:=गैर-आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) थाइल्याण्डको १२औँ राष्ट्रिय महाधिवेशन आज एक भव्य समारोहका साथ सम्पन्न भएको छ।

ब्याङ्ककमा आयोजित कार्यक्रममा सयौंको उत्साहजनक उपस्थिति रह्यो, जहाँ नयाँ कार्यकाल (२०२५–२०२७) का लागि सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरियो।
निर्वाचित कार्यसमिति यसप्रकार छ:
ICC सदस्य: श्री भविन्द्र बस्नेत
अध्यक्ष: श्री महेन्द्र श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष: श्री कान्छा गुरुङ (गाबो)
उपाध्यक्षहरू:
१. श्री राजु बलामी
२. श्री सारसिङ गुरुङ
३. श्री आतिश कृष्ण श्रेष्ठ
महासचिव: श्री निरज वैद्य
सचिवहरू:
१. श्री राज बहादुर साउँद
२. श्री भुषण सिंह नेपाली श्रेष्ठ

कोषाध्यक्ष: श्री अमृत कुमार श्रेष्ठ
महिला संयोजक: सुश्री मेघा बजाज
सदस्यहरू:
१. श्री टेक सिंह भाट
२. श्री मनोज अर्याल
३. श्री योगेन्द्र क्षेत्री
४. श्री सुरेन्द्र रानाभाट
५. श्री अतित कोइराला
निर्वाचन समिति:
संयोजक: डा. उमेद कुमार पुन सेरपुन्ज
सदस्यहरू:
१. शरद न्यौपाने
२. भारती लिम्बुनी
३. जमिला कायस्ता
४. बेनी माधव लेखक
समुदायको एकता, नेतृत्वमा स्पष्टता
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले निर्विरोध चयनप्रति खुसी व्यक्त गर्दै यो सहमतिको नयाँ मिसाल भएको बताएका छन्। अध्यक्ष महेन्द्र श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा “थाइल्याण्डस्थित नेपाली समुदायको हकहित र समृद्धिका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता” जाहेर गर्नुभयो।

Comments (0)
Add Comment